भाजपा सांसद सम्बित पात्रा सिक्किम आइपुगे
Sambit patra reached sikkim


गान्तोक, 24 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी‌ सिक्किम भ्रमणको निम्ति सांसद डा. सम्बित पात्रा सिक्किम आइपुगेका छन्। उनी शुक्रबार हेलीकप्टरमा यहाँको बुर्तुकस्थित हेलीप्याडमा आइपुगे।

सांसद पात्रालाई यस यात्रामा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले साथ दिएका थिए। प्रधानमन्त्री मोदी सिक्किमको राज्य स्थापनाको स्वर्ण जयन्ती वर्षको समापन समारोहमा सहभागी बन्न सिक्किम आइरहेका छन्।सांसदलाई हेलीप्याडमा मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, पाकिम जिल्लाकी उपाध्यक्ष प्रभा प्रधान, मुख्यमन्त्रीका एपीएस बिशाल शर्मा, गृह (प्रोटोकल) का प्रमुख समन्वय अधिकारी गोपाल पाठक आदिले स्वागत जनाएका थिए।उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 27 अप्रेल, 2026 मा दुई दिवसीय सिक्किम भ्रमणमा आइरहेका छन्। प्रधानमन्त्रीको भ्रमणलाई लिएर तयारी तीव्र रूपमा चलिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande