फ्लोर टेस्ट सफलतापूर्वक पास हुनु सशक्त नेतृत्व र जनविश्वासको ठूलो जीत होः सञ्जय सरावगी
फ्लोर टेस्ट सफलतापूर्वक पास हुनु सशक्त नेतृत्व र जनविश्वासको ठूलो जीत होः सञ्जय सरावगी


पटना, 24 अप्रेल (हि.स.)। बिहार विधानसभाको विशेष सत्रमा नयाँ सरकारले विश्वास मत हासिल गरेपछि भाजपा प्रदेश अध्यक्ष सञ्जय सरावगीले मुख्यमन्त्री सम्राट चौधरीसित भेट गरी बधाई अनि शुभकमना दिए।

उनले भने, फ्लोर टेस्ट सफलतापूर्वक पास हुनु सशक्त नेतृत्व एवं जनविश्वासको ठूलो जीत हो। यस ऐतिहासिक सफलतापछि उनले विश्वास व्यक्त गर्दै भने, मुख्यमन्त्री सम्राट चौधरीको सक्षम एवं दूरदर्शी नेतृत्वमा बिहार विकास, सुशासन तथा स्थिरताको नयाँ मानदण्ड स्थापित गर्दै प्रगतिको पथमा निर्तर अग्रसर हुनेछ।

भाजपा प्रदेश अध्यक्ष सञ्जय सरावगीले भने, सरकारले सदनमा आज बिहारको विकास र प्रदेशको समृद्ध बनाउनेप्रति आफ्नो प्रतिबद्धतालाई स्पष्ट पाऱ्यो। राज्यमा एनडीए सरकार जनताको आकांक्षाहरूलाई पूरा गर्नको लागि प्रतिबद्ध छ।

उनले भने, नयाँ सरकारको लक्ष्य पहिलाबाटै स्पष्ट छ। मुख्यमन्त्री सम्राट चौधरीले पनि भनेका छन् र हामी सबै सहमत छौं कि बिहार विकास, सुशासन औ समावेशी विकासको त्यस पथमा अग्रसर हुनेछ जुन नीतीश कुमारले स्थापित गरेका छन्। हामी बिहारलाई त्यसै पथमा दोहोऱ्याउनका लागि प्रतिबद्ध छौं जुन पहिला नै निर्धारित गरिएको छ। समृद्ध बिहार निर्माण गर्ने वाचा पूरा गरिनेछ। एनडीए सरकार पहिला पनि सत्तामा थियो र आज पनि छ।

उनले भने, फ्लोर टेस्ट मात्र औपचारिकता थियो। जनतालाई विश्वास दिलाउँदै उनले भने, मुख्यमन्त्री सम्राट चौधरी कर्मठ, अनुभवी, समर्पित औ जुझारू छन्, मलाई विश्वास छ कि उनको नेतृत्वमा बिहार अझ अगाड़ि बढ़नेछ अनि विकसित तथा समृद्ध राज्यको श्रेणीमा दर्रिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande