
हुगली, 25 अप्रेल (हि.स.)। हुगली जिल्लाको धनियाखाली क्षेत्रमा चुनावी माहोलबीच नगद जफत गरिएको घटनालाई लिएर विवाद उत्पन्न भएको छ। गए शुक्रवार अबेर राती सोमसपुर दक्षिण शिमला गाउँमा स्थानीय मानिसहरूलाई एउटा सेतो रङ्गको संदिग्ध कारलाई घुमिरहेको देखेर शंका लाग्यो। त्यसपछि उक्त कारलाई रोकेर पुलिसलाई सूचित गरियो। सूचना पाएर पुलिस अनि चुनाउ आयोगका अधिकारीहरू घटनास्थलमा पुगे अनि उक्त वाहनको जाँच गरे।
जाँचमा कारबाट 2,10,880 रुपियाँ नगद जफत गरियो। पुलिस अनुसार वाहनमा सवार मानिसहरूले उक्त पैसाकोक श्रोतको बारेमा सन्तोषजनक जवाफ दिन सकेनन् जसले गर्दा उक्त नगदलाई जफत गरियो। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। साथै यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि उक्त पैसाको उपयोग कुन उद्देश्यको निम्ति गर्नुथ्यो।
यस घटनापछि राजनीतिक आरोप-प्रत्यारोप पनि तीव्र भएको छ। तृणमूल कङ्ग्रेस (टीएमसी)- की उम्मेद्वार असिमा पात्रले आरोप लगाइन्, यो पैसा भाजपाद्वारा भोटरहरूलाई प्रभावित पार्नको लागि लगिंँदैथ्यो। अर्कोतिर भाजपा उम्मेद्वार बर्माली दासले उक्त आरोपलाई शिराबाटै खारेज गर्दै यसलाई टीएमसीको षड़यन्त्र बताइन्।
चुनाउको पृष्ठभूमिमा यस किसिमका घटनाहरूलाई लिएर प्रशासन सतर्क भएको छ। पुलिस र चुनाउ आयोगका टीमहरूले लगातार निगरानी राखिरहेका छन् ताकि कुनै पनि प्रकारको अवैध गतिविधिमाथि रोक लगाउन सकियोस्। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा