(अपडेट) भाजपा उम्मेदवार सृजना छेत्री विजयी घोषित
Srijana chettri


गान्तोक, 25 अप्रेल (हि.स.)। गान्तोक जिल्लाअन्तर्गत डीपीएच वार्डको नगरपालिका चुनाउमा सृजना छेत्री विजयी घोषित भएकी छन्। राज्यका 63 वार्डमध्ये केवल डीपीएच वार्ड चुनावी प्रतिस्पर्धामा गएको थियो।

शनिवार बिहान गान्तोक जिल्ला प्रशासनिक केन्द्रमा नगरपालिका चुनाउ अधिकारी तथा जिल्लापाल तुषार निखारे, चुनाउ पर्यवेक्षक तथा संस्कृति विभागका सचिव वसन्तकुमार लामा, सहायक नगरपालिका चुनाउ अधिकारी तथा अतिरिक्त जिल्लापाल (मुख्यालय) छिरिङ नोर्ग्याल थिङसहित अन्यको उपस्थितिमा मतगणना प्रक्रिया सम्पन्न भयो।

फारम 45 अनुसार गान्तोक नगरनिगम अन्तर्गत 10-डिजेल पावर हाउस (यूआर) वार्डको अन्तिम परिणाम यस प्रकार रहेको छः

सृजना छेत्री (भाजपा)

मतदान केन्द्र 1 - 277

मतदान केन्द्र 2 - 172

मतदान केन्द्र 3 - 445

डाक मतपत्र मत - 5

कुल - 899 मत

विन्ध्या सिञ्चुरी (स्वतन्त्र)

मतदान केन्द्र 1 - 170

मतदान केन्द्र 2 - 52

मतदान केन्द्र 3 - 161

डाक मतपत्र मत- 1

कुल - 384 मत

उल्लेखनीय छ, कुल 2,862 मतदातामध्ये, 1,327 जनाले आफ्नो मताधिकारको प्रयोग गरे, जसमध्ये 1,283 मान्य थिए। नोटामा कुल 42 मत खसेका थिए भने दुईवटा डाक मतपत्र अस्वीकृत भए।

उपर्युक्त अधिकारी र पुलिस कर्मचारीहरूको उपस्थितिमा बिहान 9ः25 बजी ईभीएमहरू सिल गरी स्ट्रङ रुममा भण्डारण गरियो।

गान्तोकका नगरनिगम अधिकारी तथा जिल्लापाल तुषार निखारेले सृजना छेत्रीलाई गान्तोक नगरनिगमअन्तर्गत 10-डिजेल पावर हाउस वार्डको निर्वाचित पार्षद् घोषित गरे।

उनले गान्तोक नगरनिगम र सिङ्ताम नगर पञ्चायतका लागि आगामी 2 मईमा शपथ ग्रहण समारोह आयोजन गरिने पनि जानकारी दिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande