एसआईआरलाई मुद्दा बनाएर चुनाउ जित्न सकिँदैन : दिलीप घोष
एसआईआरलाई मुद्दा बनाएर चुनाउ जित्न सकिँदैन : दिलीप घोष


कोलकाता, 30 अप्रेल (हि.स.)। पश्चिम बङ्गालमा पहिलो र दोस्रो चरण गरी मतदान सम्पन्न भइसकेको छ। दुवै चरणमा मतदान प्रतिशत रेकर्ड स्तरमा रह्यो। मतगणना आगामी 4 मईमा हुनेछ। यसबीच भारतीय जनता पार्टी (भाजपा) नेता तथा खड़गपुर सदर सीटबाट पार्टी उम्मेद्वार दिलीप घोषले भने, एसआईआरलाई मुद्दा बनाएर कुनै पनि चुनाउ जित्न सकिँदैन।

बिहीवार बिहान पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, “यो ठ्याक्कै क्रिकेटको पहिलो र दोस्रो इनिङ्ग्स जस्तै हो। जित्ने टीमले दुवै इनिङ्ग्समा राम्रो प्रदर्शन गर्छ। पहिलो चरणमा जे भयो, दोस्रो चरणमा पनि त्यसकै निरन्तरतालाई देख्न पाइयो। कोलकाता अनि यस वरपरका क्षेत्रहरूमा मतदान प्रतिशत ऐतिहासिक रह्यो।”

उनले अझ भने, “मैले पहिला नै भनेको थिएँ- ज्ञानेश कुमारले दुवै चरणमा चुनाउ गराउने ठूलो चुनौती बेहोरेका थिए। जनताको सहयोग, प्रशासन, पुलिस एवं चुनाउ आयोगको सामूहिक प्रयासले मतदान सही ढङ्गममा सम्पन्न भयो। ममता ब्यानर्जीले धेरै वटा ऱ्याली गरे, तर उनको एउटै मुद्दा थियो—एसआईआर। एसआईआरलाई मुद्दा बनाएर कुनै पनि चुनाउ जित्न सकिँदैन।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande