कोलकाता सहित दक्षिण बङ्गालमा वर्षा, तापमान घट्यो
कोलकाता सहित दक्षिण बङ्गालमा वर्षा, तापमान घट्यो


कोलकाता, 30 अप्रेल (हि.स.)। बुधवारपछि बिहीवार पनि बङ्गालमा बादल लागिरह्यो। कोलकातासहित वरिपरीका जिल्लाहरूमा बीच-बीचमा घाम लागे पनि गर्मी तथा आद्रतादेखि मानिसहरूले राहत पाएका छन्। पूर्वानुमान अनुसार कोलकाता सहित केही जिल्लाहरूमा छुटपुट वर्षा भएको छ। गए बुधवार राती दक्षिण 24 परगना जिल्लाका कतिपय क्षेत्रहरूमा घना वर्षा दरता गरियो।

पानी परिरहेकोले तापमान अचानक घटेको छ भने मौसम रमाइलो भएको छ। बिहीवार बिहान कोलकाताको न्यूनतम तापमान 20.4 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 5.8 डिग्री कम हो। वैशाख महिनामा कोलकातामा रेकर्ड वर्षा दर्ता गरिएको छ। बुधवार साँझदेखि मध्यरात्रिसम्म शहरमा 54 मिलीमीटर वर्षा भयो।

भारतीय मौसम विज्ञान विभागको अलिपुर मौसम कार्यालयले बतायो, आगामी केही दिनसम्म दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा घना वर्षा जारी रहनसक्छ। तथापि सबै जिल्लाहरूमासमान रूपमा वर्षा हुनेछैन। दक्षिण 24 परगना र पश्चिम मेदिनीपुरमा कतै-कतै भारी वर्षा हुने सम्भावना छ साथै तीव्र हावा पनि चल्नसक्छ।

मौसम विभाग अनुसार उत्तर 24 परगना, पूर्व एवं पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद तथा नदिया जिल्लामा पनि हुरी-बतास आउने सम्भावना व्यक्त गरिएको छ। आगामी मङ्गलवारसम्म दक्षिण बङ्गालका सबै जिल्लाहरूमा कालबैशाखी तूफान आउनसक्ने सम्भावनालाई लिएर सतर्कता जारी गरिएको छ।

यता उत्तर बङ्गालका दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ र अलिपुरद्वारा सहित आठ वटा जिल्लाहरूमा पनि आगामी मङ्ग्लवारसम्म वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande