
नयाँ दिल्ली, 30 अप्रेल (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धू बिहीवार दिल्ली विश्वविद्यालयको माता सुन्दरी महिला महाविद्यालयको 59औं वार्षिक दिवस समारोहमा सामेल भए। यस अवसरमा दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा, राज्यसभा सांसद विक्रमजीत सिंह साहनी पनि उपस्थित थिए।
उपराज्यपालले एक्सको एक पोस्टमा भने, देश महिला विकासदेखि महिला-नेतृत्वाधिन विकास तर्फ अग्रसर भएको छ। यस कुरालाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट पारेका छन्। यस प्रकारको संस्थानले महिला-नेतृत्वाधिन दृष्टिकोणलाई साकार बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। महाविद्यालयले इमानदारीको साथमा शिक्षा प्रदान गर्छ अनि आत्मविश्वासले भरिएका महिलाहरूको पोषण गर्छ जसले हाम्रो राष्ट्रको प्रगतिको नेतृत्व गर्नेछ। उनले समर्पित शिक्षक तथा प्रतिभाशाली विद्यार्थीहरूलाई शुभकामना दिए।
सिरसाले एक्समा पोस्टमा भने, माता सुन्दरी देवी जीको जीवन शक्ति, साहस एवं सेवाको प्रतीक थियो, गुणस्तरीय शिक्षाको माध्यमबाट महाविद्यालयले महिलाहरूलाई सशक्त बनाएर उनीहरूको धरोहरलाई अगाड़ि बढ़ाइरहेको छ। छात्राहरूको उपलब्धि तथा शिक्षकहरूको समर्पणलाई ध्यान दिनु एक गौरवपूर्ण क्षण थियो।
मन्त्री सिरसाले भने, महाविद्यालय पत्रिकाको विमोचन र छात्रवृत्तिको वितरणले संस्थानद्वारा वर्षौंदेखि निर्मित मजबुत शैक्षणिक संस्कृतिलाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा