ममता ब्यानर्जीले जीत हुने दाबी गरिन्
ममता ब्यानर्जीले जीत हुने दाबी गरिन्


कोलकाता, 30 अप्रेल (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउलाई लिएर तृणमूल कङ्ग्रेस प्रमुख तथा मुख्यमन्त्री ममता ब्यानर्जीले सोशल मीडियामा प्रतिक्रिया व्यक्त गरेकी छन्। ममताले दाबी गरिन्, पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसले 226 भन्दा अधिक सीटमा जीत हासिल गर्नएछ। जनताको समर्थन पूरी रूपमा उनको पार्टीको साथमा छ।

भीडियो सन्देशमा उनले राज्यका मानिसहरूलाई धन्यवाद दिँदै भनिन्, यस्तो गर्मी तथा कठिन परिस्थितिमा पनि मानिसहरूले लामो पङ्क्तिबद्ध भएर मतदान गरे। उनले पार्टी कार्यकर्ताहरूको पनि सराहना गरिन्। ममताले भनिन्, बङ्गाललाई दबाउने प्रयास गर्नेहरूलाी जनताले आफ्नो भोटको माध्यमबाट जवाफ दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande