केन्द्रिय मन्त्री रिजिजु दुई दिवसीय उत्तर सिक्किमको भ्रमणमा
केन्द्रिय मन्त्री रिजिजु दुई दिवसीय उत्तर सिक्किमको भ्रमणमा


मङ्गन, 30 अप्रेल (हि.स.)। सिक्किम भ्रमणमा रहेका केन्द्रिय संसदीय मामिला एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजु मङ्गन जिल्ला आइपुगेका छन्। उनी उत्तर सिक्किमको दुई दिवसीय भ्रमणमा आएका हुन्।

केन्द्रिय मन्त्रीलाई मानुलस्थित 107 आरसीसी ग्रेफ क्याम्प अफिसमा मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैन, जिल्लाका पुलिस अधीक्षक एलबी छेत्री, 107 आरसीसीका सीओ क्याप्टन सुरज तथा जिल्लाका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत जनाए। उनको साथमा समाज कल्याण विभागकी सचिव सारिका प्रधान, विशेष सचिव सत्येक प्रधान र प्रसिद्ध बलीवुड गायक मोहित चौहान पनि सामेल थिए।

रिजिजुलाई मङ्गन जिल्ला पुलिसद्वारा गार्ड अफ् अनर प्रदान गरियो। यस अघि केन्द्रिय मन्त्रीलाई मङ्गन जिल्लाको प्रवेश बिन्दु बी2- मा काबीकी एसडीएम मोनिका राई र मङ्गनका एसडीपीओ रिङ्कु वङ्गमु भोटियाले स्वागत जनाएका थिए। रिजिजु लाचुङ प्रस्थान गर्नु अघि स्थानीय अफिसर्स मेसमा संक्षिप्त विश्राम गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande