जुबिन गर्ग हत्या मामिलामा श्यामकानूको जमानत याचिका खारेज
जुबिन गर्ग हत्या मामिलामा श्यामकानूको जमानत याचिका खारेज


---

गुवाहाटी, 30 अप्रेल (हि.स.)। जुबिन गर्ग हत्या मामिलाका मुख्य आरोपी श्यामकानू महन्तको जमानत याचिकालाई फास्ट ट्र्याक अदालतले खारेज गरिदिएको छ। अदालतको यस फसेलासितै मामिलामा न्यायिक प्रक्रिया अझ तीव्र भएको छ। सुनवाई अवधि यो तथ्य बाहिरियो, जुबिन गर्गको सिङ्गापुरमा मृत्यु भएपछि श्यामकानू महन्त सिङ्गापुरदेखि भागेर मलेशिया गएका थिए।

यसबीच मामिलाको चार्ज फ्रेममाथि सुनवाई प्रक्रिया जारी छ जसलाई सम्पूर्ण मामिलाको एक महत्वपूर्ण चरणको रूपमा हेरिंदैछ। अदालतमा लगातार यस सम्बन्धमा बहस भइरहेको छ।

उल्लेखनीय छ, यसअघि गत 24 अप्रेलमा जनात याचिकामाथि सुनवाई पूरा गरी अदालतले फसेलालाई सुरक्षित राखेको थियो भने 30 अप्रेलमा निर्णय सुनाउने तिथि निर्धारण गरिएको थियो। अब अदालतद्वारा जमानत याचिका खारेज गरिएपछि अग्रिम सुनवाईमाथि सबैको नजर अड़िएको छ।

स्मरण गराइन्छ, असम पुलिसको क्रिमिनल इन्भेस्टिगेशन डिपार्टमेन्ट (सीआईडी)-ले स्पेशल इन्भेस्टिगेशन टीम (एसआईटी) गठन गरेर गत दिसम्बर 2025-मा गुवाहाटीको एउटा अदालतमा गायकको मृत्यु मामिलामा एक विस्तारित चार्जशीट दर्ता गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande