
नयाँ दिल्ली, 30 अप्रेल (हि.स.)। खाद्य एवं आपूर्ति विभागीय मन्त्री मनजिन्दर सिंह सिरसाको मार्गदर्शनमा आगामी 2 मईदेखि दिल्लीक सबै जिल्ला कार्यालयहरूमा ‘जन सुनवाई क्याम्प’ शुरू भइरहेको छ। यी क्याम्पहरू प्रत्येक शनिवार बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म आयोजना हुनेछ जहाँ मानिसहरूले राशन कार्डसित सम्बन्धित आफ्ना समस्याहरू जस्तै नयाँ कार्ड बनाउने, सुधार, पात्रता औ वितरणसित सम्बन्धित मुद्दाहरूलाई सोझै अधिकारीहरू समक्ष राख्न सक्नेछन् तथा समाधान प्राप्त गर्न सक्नेछन्। सो जानकारी आज एक विज्ञप्ति मार्फत दिइएको छ।
मन्त्री मनजिन्दर सिंह सिरसाले भने, हामी मानिसहरू र सरकारी सेवाहरूबीचको दूरत्वलाई घटाइरहेका छौं तथा सिकायतहरूको समाधानलाई मानिसहरूको घरसम्म पुऱ्याइरेका छौं। कुनै पात्र परिवार आप्नो हकदेखि वञ्चित रहनेछैन।
खाद्य आपूर्ति विभागले यी क्याम्पहरूको सफल सञ्चालनको लागि विशेष टीमहरूको व्यवस्था गरेको छ जसले घटनास्थलमै जाँच अनि समाधान सुनिश्चित गर्नेछ। प्राप्त सिकायतहरूलाई डिजीटल ढङ्गमा ट्र्याक गरिनेछ ताकि सममा फलो अप हुन सकोस् तथा जवाफदेही कायम रहोस्। यो कदम प्रधानमन्त्री नरेन्न्द्र मोदीको त्यस भिजन अनुरूप छ तकनिक आधारित तथा भ्रष्टाचार मुक्त पीडीएसको माध्यमबाट हरेक आवश्यकता रहेको परिवारसम्म खाद्य सुरक्षा पुऱ्याइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा