
उत्तर दिनाजपुर, 30 अप्रेल (हि.स.)। जिल्लाको ग्वालपोखर थाना अन्तर्गत साहापुर क्षेत्रमा एकजना व्यक्तिको गला काटिएको शव भेटियो जसले गर्दा क्षेत्रमा त्राष फैलिएको छ। मृतकको नाम श्रीपति बनिक (६५) हो जो हाट डुबकलका निवासी थिए। बिहीवार बिहान मकैको खेतमा उनको रगताम्मे शव भेटियो।
सूत्र अनुसार श्रीपति बनिक गए बुधवार राती आफ्नो घरमै थिए। तर बिहीवार बिहान ग्रामीणहरूले उनको घर नजिकै रहेको मकैको खेतमा उनको रक्तरञ्जित शव लड़िरहेको देखे।
ग्रामीणहरूको दाबी छ, धारिलो हतियारले उनको हत्या गरिएको छ। घटनाको खबर फैलिनसाथ घटनास्थलमा सयकड़ौं मानिसहरूको भीड़ एकत्र भयो। सूचना पाएर पुलिस तुरून्तै घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि इस्लामपुर महकुमा अस्पतालमा पठाइदियो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ भने आरोपीहरूलाई चिन्हित गर्नको लागि स्थानीय मानिसहरूसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा