खड़गपुर मण्डलमा सेवानिवृत्त रेल अधिकारी तथा कर्मचारीहरू सम्मानित
खड़गपुर मण्डलमा सेवानिवृत्त रेल अधिकारी तथा कर्मचारीहरू सम्मानित


खड़गपुर, 30 अप्रेल (हि. स.)। दक्षिण पूर्व रेलवेको खड़गपुर मण्डलमा बिहीवार सेवानिवृत्त भएका अधिकारी तथा कर्मचारीहरूको सम्मानमा एक भव्य समारोहको आयोजन गरियो। साउथ इन्स्टीट्यूट, खड़गपुरको सभागृहमा आयोजित कार्यक्रममा वरिष्ठ रेल अधिकारी, कर्मचारी तथा सेवानिवृत्त कर्मीहरूका परिवारजन ठूलो सङ्ख्यामा उपस्थित रहेका थिए। यस आशयको जानकारी प्रेस विज्ञप्तिको माध्यमबाट दिइएको हो।

समारोहमा विभिन्न विभागहरू क्रमैले सामान्य प्रशासन, वाणिज्य, विद्युत, इञ्जीनियरिङ्ग, यान्त्रिक, चिकित्सा, परिचालन, सुरक्षा तथा सिग्नल एवं दूरसञ्चारसित जोड़िएका 49 जना कर्मचारीहरूलाई सम्मानित गरियो। सबै सेवानिवृत्त कर्मचारीहरूलाई पेन्शन भुक्तान आदेश, सेटलमेन्टसित सम्बन्धित आवश्यक दस्तावेज तथा स्मृति-चिन्ह प्रदान गरी सम्मानित गरियो।

यस अवसरमा मण्डल रेल प्रबन्धक ललित मोहन पाण्डेय मुख्य रूपमा उपस्थित थिए। उनले स्वयं सेवानिवृत्त कर्मचारीहरूलाई स्मृति-चिन्ह र दस्तावेज प्रदान गरे। आफ्नो सम्बोधमा उनले भने, कर्मचारीहरूको परिश्रम, समर्पण एवं निष्ठाले नै भारतीय रेलको सञ्चालन सुचारु रूपमा सम्भव हुन्छ। उनले सेवानिवृत्त कर्मचारीहरूका परिवारजनप्रति पनि आभार व्यक्त गरे जसको सहयोग र समर्थनबाट कर्मचारीहरू लामो समयसम्म पूर्ण निष्ठाको साथमा रेलवेको सेवा गर्न सके।

समारोहको एउटा विशेष कुरा के रह्यो भने एडीआरएम (इन्फ्रास्ट्रक्चर) देवजीत दास पनि यसै दिन सेवानिवृत्त भए। मण्डलमा आधारभूत ढाँचाको विकासमा उनको उल्लेखनीय योगदानको उपस्थित अधिकारी अनि कर्मचारीहरूले सराहना गरे। समारोहको अन्तमा सबै सेवानिवृत्त कर्मचारीहरूको उज्जवल एवं स्वस्थ भविष्यको कामना गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande