हात्तीको हमलामा युवकको मृत्यु, क्षेत्रमा त्राष व्याप्त
हात्तीको हमलामा युवकको मृत्यु, क्षेत्रमा त्राष व्याप्त


जलपाईगुड़ी, 30 अप्रेल (हि. स.)। उत्तर बङ्गालको डुवर्स क्षेत्रमा फेरि एकपटक मानव र वन्यजीव सङ्घर्षको पीड़ादायी घटना सामु आएको छ। गोरूमारा राष्ट्रिय उद्यानको छेउमा अवस्थित मूर्ति वन बस्ती क्षेत्रमा बिहीवार बिहान हात्तीको हमलामा परी एकजना युवकको मृत्यु भयो। मृतकको नाम सुरज उराँव (27) हो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ।

स्थानीय सूत्र अनुसार सुरज सदा जस्तै बिहान आफ्नो खेत तर्फ गइरहेका थिए। यसै अवधि गोरूमारा जङ्गलबाट एउटा बथानबाट छुट्टिएको हात्ती आवासीय क्षेत्रमा पस्यो। आशङ्का छ, खेतको नजिकमा पुग्नसाथ सुरजको सामना उक्त हात्तीसित भयो। हात्तीले तिनीमाथि हमला गऱ्यो। स्थानीय मानिसहरूले सुरजलाई घटनास्थलमा मृत अवस्थामा भेटे जसको शरीरमा गम्भीर चोटहरू लागेको थियो।

घटनाको सूचना पाएर पुलिस र वन विभागको टीम घटनास्थलमा पुग्यो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि जलपाईगुड़ी सदर अस्पतालमा पठाइदिएको छ। वन विभागका एडीएफओ राजीव डेले बताए, प्रारम्भिक जाँचमा यो हात्तीले हमला गरेको मामिला हो। नियमानुसार मृतको परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया शुरू गरिएको छ।

यस घटनापछि मूर्ति तथा यस वरपरका क्षेत्रहरूमा आतङ्क मचिएको छ।

स्थानीय मानिसहरूको भनाइ छ, प्रायजसो नै हात्ती जङ्गलबाट निक्लेर बस्तीहरूमा आउँछ अनि अन्नबालीलाई नोक्सान पुऱ्याउँछ। ग्रामीणहरूले यस समस्याको स्थायी समाधान गर्ने माग गरेका छन्। वन विभागले क्षेत्रमा निगरानी बढ़ाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande