
सोहरा (मेघालय), 30 अप्रेल (हि.स.)। मेघालयको सोहरा क्षेत्रमा अवस्थित एक प्रसिद्ध झरनाको छेउमा घुम्न गएकी उत्तर प्रदेशको फिरोजाबाद जिल्लाकी एकजना 15 वर्षीय किशोरी बेपत्ता भएको घटना प्रकाशमा आएको छ। मेघालय पुलिसको आधिकारिक सूत्रले बिहीवार बतायो, यो यो दुर्घटना गए बुधवार भएको हो।
प्राप्त जानकारी अनुसार किशोरी आफ्नो परिवारसित अवकाश बिताउनको लागि यहाँ आएकी थिइन्। यसै अवधि तिनले झरनाको छेउमा फोटो खिच्ने प्रयास गरिरहेकी थिइन्। अचानक सन्तुलन बिग्रेर तिनी गहिरो पानी भएको प्राकृतिक कुण्डमा पसिन्।
घटनाको सूचना पाउनसाथ बचाउ दलले घटनास्थलमा पुगेर तत्काल खोजी अभियान शुरू गऱ्यो। दिनभरि खोजी अभियान सञ्चालन गरिएको भए पनि किशोरीको बारेमा कुनै सुइँको लाग्न सकेन।
अधिकारीहरू अनुसार साँझ परेर अँध्यारो भएकोले तथा क्षेत्र दुर्गम भएकोले सूर्यास्तपछि अभियानलाई अस्थायी रूपमा रोकियो। जिल्ला राज्य आपदा प्रतिक्रिया दल (एसआरटी)-ले बिहीवार बिहानदेखि पुनः अभियान शुरू गरेको छ।
प्रशासनले बिहीवार पुनः सर्च अपरेशनलाई तीव्रता दिने तयारी गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा