
श्रीभूमि (असम), 30 अप्रेल (हि.स.)। श्रीभूमि जिल्लाको बदरपुर थाना अन्तर्गत मालुवा गाउँमा विवाह भएको मात्र 12 दिनपछि ससुरालीमा एकजना नवविवाहिताको संदिग्ध मृत्यु भएको घटनाले क्षेत्रमा कोकोहोलो मचाएको छ। हातमा महेन्दीको रङ्ग फिका भएकै थिएन। विवाहको सपना पनि पूरा हुन नपाई बेहुलीको मृत्यु भएको यस घटनाले सम्पूर्ण क्षेत्रलाई झक्झकाइदिएको छ।
प्राप्त जानकारी अनुसार मालुवा गाउँ निवासी इलास अलीका पुत्र मनिरुज्जामानसित छिमेकको बनियारगुल गाउँका हुसैन अहमदकी पुत्री जुबेद़ा बेगमको विवाह 12 दिनपूर्व भएको थियो। गए बुधवार साँझ लगभग 7 बजी अचानक जुबेदाको स्वास्थ्य बिग्रियो परिवारले तिनलाई तत्कालै श्रीगौरी अस्पतालमा पुऱ्यायो जहाँ ड्यूटीमा तैनाथ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।
पुलिसले आज बतायो, घटनाको सूचना पाउनसाथ मृतकाको परिवार अस्पतालमा पुग्यो जसपछि त्यहाँको स्थिति तनाउपूर्ण भयो। परिवारले यस मृत्युलाई संदिग्ध बताउँदै बदरपुर थानामा सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो अनि प्रारम्भिक जाँचपछि शवलाई पोस्टमर्टम गर्नको लागि श्रीभूमि जिल्ला अस्पतालमा पठाइदियो।
यता मृतकाकेा पति मनिरुज्जामानले बताए, जुबेदालाई बिहानदेखिकै ज्वरो आएको थियो। साँझ पति-पत्नी दुवैले सँगै बसेर चिया पिएका थिए। त्यसपछि तिनले स्थानीय औषधि पसलबाट ज्वरो र ग्यासको औषधि ल्याएर पत्नीलाई दिएका थिए। औषधि सेवन गरेको केही क्षणपछि नै उसको अवस्था अचानक बिग्रियो।
यता मृतकाका भाइ साजन अहमदको भनाइ छ, घटना हुन केही घण्टाअघिसम्म जुबेदा पूर्ण रूपले स्वस्थ थिई र उसित बातचित पनि भएको थियो। अचानक अचेत भएर अस्पतालमा लगिएको सूचना प्राप्त भयो जहाँ पुग्न अगावै उसको मृत्यु भइसकेको थियो।
मृतकाको परिवारले यस घटनालाई सामान्य मृत्यु मान्नदेखि अस्वीकार गर्दै प्रशासनसित निष्पक्ष जाँच अनि न्यायको माग गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा