भाजपा उम्मेद्वार सावित्री बर्मनको कार दुघटनाग्रस्त, षड़यन्त्र रहेको आरोप
भाजपा उम्मेद्वार सावित्री बर्मनको कार दुघटनाग्रस्त, षड़यन्त्र रहेको आरोप


कुचबिहार, 5 अप्रेल (हि.स.)। विधानसभा चुनाउको पृष्ठभूमिमा कुचबिहारमा एउटा ठूलो सड़क दुर्घटना भएको प्रकाशमा आएको छ। गए शनिवार राति शीतलकुची विधानसभा सीटबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार सावित्री वर्मनको कार अनिन्त्रित भएर सड़क किनारमा पल्टियो। यो दुर्घटना माथाभांगा ब्लक-1 को शिकारपुर ग्राम पञ्चायत अन्तर्गत पाँच माइल क्षेत्रमा भएको हो।

जानकारी मुताविक दिनभरि चुनाउ प्रचार गरेपछि सावित्री बर्मन आफ्नो घर फर्किरहेकी थिइन्। यसै क्रममा विपरीत दिशाबाट आइरहेको एउटा द्रूत गतिको डम्परदेखि बच्ने प्रयास गर्दा चालकले नियन्त्रण गुमायो फलस्वरूप काल सड़क किनारमा पल्टियो। यस दुर्घटनामा उम्मेद्वार वर्मन, उनका चालक परितोष बर्मन सहित चार जना मानिसहरू गम्भीर रूपमा घाइते भए।

घाइतेहरूलाई पहिला माथाभांगा महकुमा अस्पतालमा लगियो अनि पछि कुचबिहारको एक निजी नर्सिंग होममा भर्ती गरियो। डाक्टरहरू अनुसार सबैको अवस्था अब खतरादेखि बाहिर छ।

अर्कोतिर यस घटनालाई लिएर राजनीति तातिएको छ। उम्मेद्वारका पति दिनेस बर्मनले यसलाई षड़यन्त्र बताउँदै आरोप लगाए, सुनियोजित ढंगमा हमला गर्ने चेष्टा गरियो। तर तृणमूलले भने उक्त आरोपलाई शिराबाटै खारेज गर्दै यसलाई चुनावी बयानबाजी बताएको छ।

घटनाको सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले दुर्घटनाग्रस्त वाहनलाई कब्जामा लिएर जाँच शुरू गरेको छ। भगौड़ा डम्परलाई खोज्न जारी राखिएको छ। सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरूको बयानको आधारमा ममिलाको जाँच गरिँदैछ। प्रधानमन्त्रीको प्रस्तावित ऱ्यालीपूर्व भएको यस घटनाले सम्पूर्ण क्षेत्रको राजनीतिक पारा माथि पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande