
खरसाङ, 05 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै आइतवार खरसाङको सिङ्गेल क्षेत्रमा व्यापक जनसम्पर्क भ्रमण सम्पन्न गरेका छन्। टुङ सन्त मेरीज समष्टि अन्तर्गत पर्ने सिङ्गेलमा आयोजित उक्त कार्यक्रममा चिया बगानका श्रमिकहरूको उल्लेखनीय उपस्थिति देखियो।
अनित थापाले सिङ्गेलवासीलाई सम्बोधन गर्दै चिया श्रमिकहरूको हक र अधिकारको विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, अमर लामा चिया श्रमिकहरूको आवाजलाई विधानसभासम्म पुर्याउने सशक्त माध्यम हुन्। यसपाली चिया बगान क्षेत्रका श्रमिकहरूले आफ्नै अधिकारका लागि अमर लामालाई विजयी गराउनु अत्यन्त आवश्यक रहेको उनको जोड थियो।
अनित थापाले श्रमिकवर्गको समर्थनले मात्र क्षेत्रको विकास सम्भव हुने बताउँदै सिङ्गेलसहित सम्पूर्ण चियाबगान क्षेत्रमा परिवर्तनका लागि एकजुट भएर मतदान गर्न आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक