
पटना, 05 मार्च (हि.स.)। बिहार विधानसभामा नेता प्रतिपक्ष तेजस्वी यादवले राज्यको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) -को सरकारलाई हरेक मोर्चामा विफल बताएका छन्। उनले आइतवार सोशल मीडिया प्लेटफर्म फेसबुकमा एउटा पोस्ट मार्फत सरकारका नीति अनि कार्यप्रणालीमाथि पनि प्रश्न उठाए।
तेजस्वी यादवले भने, बितेको 21 वर्षभित्रमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)- को सरकारमा बिहार विकासका लगभग सबै प्रमुख संकेतकहरूमा देशमै सबैभन्दा तल्लो स्थानमा पुगेको छ। उनले आरोप लगाए, राज्य साक्षरता दर, प्रतिव्यक्ति आय, किसानहरूको आय, निवेश, उपभोग औ बिजुली खपत जस्ता महत्वपूर्ण क्षेत्रहरूमा पछाड़िएको छ।
तेजस्वीले भने, अर्कोतिर अपराध, गरीबी, बेरोजगारी, पलायन तथा भ्रष्टाचार जस्ता मामिलाहरूमा बिहार शीर्ष स्थानमा कायम छ जसले सरकारको नीतिगत विफलतालाई दर्शाउँछ।
तेजस्वी यादवले शिक्षा अनि स्वास्थ्य क्षेत्रको स्थितिलाई पनि गम्भीर बताउँदै भने, राज्यमा स्कूल ड्रपआउट रेड अधिक छ भने पुपिल-टीचर अनुपात असन्तुलित छ। यसको साथ कुपोषण र स्वास्थ्य सेवाहरूको खस्किँदो स्थितिमाथि पनि उनले चिन्ता व्यक्त गर्दै उनले दाबी गरे, राज्यमा डाक्टरहरूको लगभग 58 प्रतिशत पद खाली छ जसबाट आम जनतालाई पर्याप्त चिकित्सा सुविधा प्राप्त भइरहेको छैन।
तेजस्वी यादवले राज्य सरकारमाथि आरोप लगाए, सरकारले आफ्ना विफलताहरूलाई लुकाउनको लागि चुनाउ अवधि झुटो वाचा गर्छ अनि सरकारी तन्त्रहरूको दुरूपयोग गर्छ। उनले मुख्यमन्त्री नीतीश कुमार र दुवै उपमुख्यमन्त्रीहरूलाई खुल्ला चुनौती दिँदै भने, बिहारको विकासको मुद्दामा उनी जतै पनि सार्वजनिक बहस गर्न तयार छन्।
तेजस्वी यादवको बयानलाई कंग्रेसले पनि समर्थन गरेको छ। पार्टी प्रवक्ता स्नेहाशिष वर्धनले भने, नीतीश कुमारले पछिल्लो लगभग 20 वर्षदेखिकै भाजपासित मिलेर राज्यमा सरकार चलाइरहेका छन् र पछिल्लो 12 वर्षदेखिको केन्द्रमा पनि उनको (राजग) सरकार रहेको छ। तथापि बिहारको पछौटेपनको निदान हुन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा