
पश्चिम मेदिनीपुर, 05 अप्रेल (हि. स.)। जिल्लाको बेलदा क्षेत्रमा आइतवार बिहान भएको एक दुर्घटनामा एक जना व्यक्तिको मृत्यु भयो।
प्राप्त जानकारी अनुसार बेलदा रेलवे स्टेशन निकट अप लाइनमा एउटा एक्सप्रेस ट्रेनबाट झरेको कारण उक्त व्यक्तिकोक मृत्यु भएको हो।
स्थानीय सूत्र मुताविक आइतवार बिहान अचानक ट्रेनबाट मानिस झरेको घटनापछि स्टेशनमा कोकोहोलो मचियो। घटनाको सूचना पाएर रेल पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। हाल मृृतकको पहिचान हुन सकेको छैन। रेल पुलिसले वरपरका मानिसहरूसित जाँचबुझ गरी मृततको पहिचान खुलाउने प्रयास गरिरहेको छ।
प्रारम्भिक जाँचमा मानिँदैछ, गुड़िरहेको ट्रेनबाट झरेको कारणले व्यक्तिको मृत्यु भएको हो। तथापि दुर्घटना कुन परिस्थितिमा भयो, त्यो स्पष्ट हुन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा