भूपेन बोराको गौरव गोगोईमाथि धारिलो प्रहार
भूपेन बोराको गौरव गोगोईमाथि धारिलो प्रहार


गुवाहाटी, 05 अप्रेल (हि.स.)। असम प्रदेश कंग्रेस कमिटीका पूर्व अध्यक्ष तथा भाजपा उम्मेद्वार भूपेन बोराले आफ्नो चुनावी प्रचारबीच कंग्रेस सांसद एवं असम प्रदेश कंग्रेस अध्यक्ष गौरव गोगोईमाथि तीव्र हमला गर्दै उनको राजनीतिक क्षमतामाथि प्रश्न तेर्साए।

आइतवार चुनावी सभालाई सम्बोधन गर्दै बोराले भने, “विशाल असम बनाउने कुरा गर्नअघि गौरव गोगोईले यो कुरा सुनिश्चित गर्नुपर्छ कि आफू स्वयंले चुनाउ जित्छ कि जित्दैन।” उनले आरोप लगाए, गोगोईको असमको माटो, पानी, वातारणसित कुनै वास्तविक सम्बन्ध छैन।

बोराले यो पनि भने, गौरव गोगोईलाई असमको राष्ट्रवाद अनि क्षेत्रीय भावनालाई बुझ्नको लागि अझ 15 वर्ष लाग्नेछ। उनको यस बयानले चुनावी माहोलमा राजनीतिक बयानबाजीलाई अ्झ धार दिएको छ।

राज्यमा विधानसभा चुनाउलाी मध्यनजर गर्दै सबै राजनीतिक दलहरूबीच आरोप-प्रत्यारोपको सिलसिला जारी छ जसले गर्दा चुनावी माहोल झन्-झन् रन्किदैँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande