अभयापुरीको विकासको लागि मुख्यमन्त्री हिमन्तले 200 कड़ोर खर्च गर्ने वाचा
अभयापुरीको विकासको लागि मुख्यमन्त्री हिमन्तले 200 कड़ोर खर्च गर्ने वाचा


बंगाईगाउँ (असम), 05 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार अभयापुरीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै भने, असमियाहरूले पनि भोट दिन जान्दछन् भन्ने कुरा यसपालिको चुनाउमा देखाउनुपर्छ। उनले भने, एक विशेष समुदायले मात्र संगठित रूपमा मतदान गर्न सक्छ भन्ने धारणा कतिपय मानिसहरूको रहिआएको छ, तर यसपालि अन्य मानिसहरूले पनि आफ्नो शक्ति देखाउनेछन्।

भाजपा उम्मेद्वार भूपेन रायको समर्थनमा आयोजित यस ऱ्यालीमा मुख्यमन्त्रीले मानिसहरूसित निर्णायक मतदान गर्ने आह्वान गरे। उनले भने, चुनाउको माध्यमबाट जनतालाई स्पष्ट सन्देश दिनुपर्छ।

मुख्यमन्त्रीले अभयापुरीको विकासको लागि 200 कड़ोर रुपियाँ खर्च गर्ने वाचा गर्दै ‘आत्मनिर्भर असम’ अभियानको माध्यमबाट युवाहरूलाई आत्मनिर्भर बनाउने आफ्नो सरकारको प्रतिबद्धतालाई दोहोऱ्याए।

सभामा भारी जनसमागम देखियो। यस अवधि एउटा चाखलाग्दो दृश्य के देखियो भने एकजना युवकले आफ्नो छात्तीमा मुख्यमन्त्रीको तस्वीर बनाएको थियो। मुख्यमन्त्रीले उक्त युवकसित बातचित गर्दै उप्रति आफ्नो स्नेह व्यक्त गरे अनि भविष्यमा आफ्नो घरमा आउने निम्तो समेत दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande