
गुवाहाटी, 5 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार ईस्टरको पावन अनि हर्षोल्लासपूर्ण अवसरमा राज्यका इसाई समुदायका मानिसहरूलाई हार्दिक शुभकामना दिए।
आफ्नो सोशल मीडिया सन्देशमा मुख्यमन्त्रीले यस दिनको पवित्रता र महत्वलाई उल्लेख गरदै भने, यो पर्वले मानिसहरूको विश्वासलाई नयाँ शक्ति प्रदान गरोस् अनि प्रत्येक हृदयमा आशाको नयाँ प्रकाश जगाओस्।
उनले भने, ईस्टरसित जोड़िएको त्याग र महान आदर्शले मानिसहरूलाई अधिक मानवीय बन्नको लागि प्रेरित गरोस् तथा समाजमा दया, शान्ति औ सद्भावलाई कायम राख्नमा मार्गदर्शन गरोस्। मुख्यमन्त्रीले कामना गरे, यस पर्वको भावनाले सबैको जीवनमा एकता र भाइचारालाई अझ सुदृढ़ बनाओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा