
आसनसोल, 05 अप्रेल (हि. स.)। दुर्गापुरमा आइतवार बिहान सिटी सेन्टर क्षेत्रस्थित बंगाल अम्बुजा क्षेत्रमा पाइपलाइनको माध्यमबाट घर-घरमा ग्यास सप्लाई गर्ने एक निजी कम्पनीको पाइपलाइन अचानक पड़्केर कोकोहोलो मचियो। तीव्र विस्फोट भएको जस्तो आवाजले सम्पूर्ण क्षेत्रलाई हल्लाइदियो। पाइप पड्केर ग्यास बाहिर निक्लिन थालेपछि स्थानीय मानिसहरू भयभित भए।
घटनाको खबर पाउनसाथ दमकल विभागको टीम तुरून्तै घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गर्नमा जुट्यो। दमकल विभागका प्रभारी पार्थसारथी घोषले बताए, प्रारम्भिक जाँचमा यो थाहा लागेको छ कि कुनै कार्य गर्ने क्रममा पाइपलाइन क्षतिग्रस्त भएको हो। उनले आश्वास्त पारे, हाल स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ। कुनै ठूलो दुर्घटना हुने आशंका छैन।
सम्बन्धित निजी कम्पनीका अधिकारीहरूसित समन्वय राखेर तुरन्तै ग्यास आपूर्तिलाई बन्द गरियो जसबाट सम्भावित खतरा टरेर गयो। तथापि अचानक भएको यस घटनाको कारणले स्थानीय मानिसहरू धेरै डराएका थिए भने केही समयसम्म स्थिति तनाउपूर्ण पनि भएको थियो।
पुलिसले घटनास्थलमा पुगेर स्थितिको जायजा लियो। पुलिस अनुसार अब स्थिति सामान्य भएको छ। सम्पूर्ण मामिलामाथि नजर राखिँदैछ ताकि यस किसिमको घटना पुनः नदोहोरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा