चोरीको वाहन र हतियारसितै आरोपी पक्राउ
चोरीको वाहन र हतियारसितै आरोपी पक्राउ


नयाँ दिल्ली, 05 अप्रेल (हि.स.)। द्वारका जिल्लाको सेक्टर-23 थाना पुलिसले क्षेत्रमा गस्ती गर्ने क्रममा एकजना चतुर वाहन चोरलाई पक्राउ गरेको छ। आरोपीको कब्जाबाट चोरीको स्कुटी र एउटा अवैध बटनदार चक्कु जफत गरिएको छ। साथै उसले बताए अनुरूप अर्को चोरीको दुई चक्के वाहनलाई पनि जफत गरिएको छ।

द्वारका जिल्लाका पुलिस उपायुक्त कुंशल पाल सिंहले आइतवार बताए, द्वारका सेक्टर-23 थानाको टीमले क्षेत्रमा नियमित गस्ती गरिरहेको थियो। यस अवधि एकजना संदिग्ध युवकलाई स्कुटी लिएर भाग्ने प्रयास गरिरहेको देखियो। पुलिसले तत्परता देखाउँदै युवकलाई रोकेर जाँच गऱ्यो। जाँचमा उबाट एउटा होण्डा एक्टिभा स्कुटी र एउटा बटन दबाउँदा खोलिने चक्कु जफत गरियो। जाँचमा स्कुटी चोरीको पाइयो जुन उत्तम नगर थानामा दर्ता एक ई-एफआईआरसित सम्बन्धित थियो।

जाँचबुझमा आरोपीले अर्को चोरीको घटनाको पनि खुलासा गऱ्यो। उसले बताएको आधारमा पुलिसले अर्को एउटा स्कुटीलाई जफत गऱ्यो जुन सेक्टर-23 द्वाका थानामा दर्ता चोरीको मामिलासित सम्बन्धित रहेको छ।

पुलिस उपायुक्त अनुसार आरोपीको पहिचान गोयला डेयरी निवासी रवि रञ्जन (24)- को रूपमा भएको छ। पुलिस अनुसार आरोपी पहिला पनि वाहन चोरीका धेरै वटा मामिलाहरूमा सामेल रहेको छ भने उ विरूद्ध विभिन्न थानाहरूमा मुद्दा दर्ता छ। पुलिसले आरोपीविरूद्ध आर्म्स एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande