यूपीमा तयार भइरहेको छ महिला ई-रिक्शा पायलटहरूको सेना
यूपीमा तयार भइरहेको छ महिला ई-रिक्शा पायलटहरूको सेना


-अयोध्या समेत पाँच वटा जिल्लाहरूमा शुरूआत भयो भने लखनऊ र प्रयागराज सहित आठ वटा जिल्लाहरूमा चाँड़ै पाइनेछ सुविधा

-बालिका-महिलाहरूको विद्यालय वा कार्यस्थलसम्मको यात्रा अत्यन्त सुरक्षित रहनेछ

लखनऊ, 05 अप्रेल (हि.स.)। उत्तर प्रदेशमा महिला सुरक्षा एवं सशक्तीकरणलाई नयाँ उचाईँमा पुऱ्याउने दिशामा योगी सरकारले फेरि अर्को कदम उठाएको छ। ‘सेफ मोबिलिटी प्रोग्राम’ अन्तर्गत प्रदेशमा महिला ई-रिक्शा पायलटहरूको सेना तयार गरिँदैछ जसबाट बालिका अनि महिलाहरूलाई विद्यालय, कार्यस्थल एवं अन्य स्थानहरूसम्म सुरक्षित, सहज र सम्मानजनक परिवहन प्राप्त हुनेछ।

यस योजना अन्तर्गत शुरूमा स्वयं सहायता समूहहरूका महिलाहरूलाई एक हजार ई-रिक्शा उपलब्ध गराइँदैछ। अयोध्या, गोरखपुर, वाराणसी, कौशांबी औ झाँसीमा यो सुविधा शुरू गरिएको छ भने लखनऊ, प्रयागराज, मिर्जापुर, भदोही, सोनभद्र, देवरिया, लखिमपुर खीरी र सीतापुरमा यसलाई चाँड़ै शुरू गरिनेछ।

योगी सरकारको यो पहल यसकारणले पनि विशेष छ, किनभने यसको सोझो सम्बन्ध महिला सुरक्षासित जोड़िएको छ। ग्रामीण क्षेत्रहरूमा महिला अनि बालिकाहरूको लागि अब महिला चालकहरूद्वारा संचालित ई-रिक्शा सेवा श्रेष्ठ समाधान भएर उदाइरहेको छ।

योजनासित जोड़िएका महिलाहरू तीन लाख रुपियाभन्दा अधिक कमाइरहेका छन्-

उत्तर प्रदेश राज्य ग्रामीण आजीविका मिशन अन्तर्गत डेभलपमेन्ट अल्टरनेटिभ्सको तकनिकी सहयोगबाट संचालित यस कार्यक्रमले अहिलेसम्ममा प्रभावकारी परिणाम दिएको छ। पाँच वटा जिल्लाहरूका 119 जना महिलाहरूलाई ई-रिक्शा दिएर उद्यमी बनाइसकिएको छ भने 629 महिलाहरूलाई संचालन गर्ने प्रशिक्षण दिइँदैछ जबकि 244 महिलाहरूलाई ड्राइभिंग लाइसेन्स उपलबध गराइएको छ। यस पहलसित सम्बन्धित महिलाहरूले वाहन मात्र हाँकिरहेका छैनन् जबकि आफ्नो परिवारको आर्थिक धुरी पनि बनिरहेका छन्। यस योजनासित जोड़िएका महिलाहरूको औसत वार्षिक आय 3 लाख रुपियाँभन्दा अधिक पुगेको कुराले यस मोडलको सफलतालाई अझ् सशक्त बनाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande