
कानपुर, 05 अप्रेल (हि.स.)। उत्तर प्रदेशको कानपुर जिल्लाको पनकी क्षेत्रको भाटिया स्क्वायरमा आइतवार एक वृद्ध पुरुषको शव फेला परेको छ। बटुवाहरूबाट सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर मृतकको पहिचान गर्न प्रयास शुरु गर्दै शवलाई पोस्टमार्टमको लागि पठाएको छ।
बटुवाहरूले सड़क किनारमा एक वृद्ध पुरुषको शव देखेर पुलिसलाई जानकारी गराए। जानकारी पाएपछि पनकी पुलिस घटनास्थलमा पुगेर नजिकैका बासिन्दाहरूलाई सोधपुछ गर्न थाल्यो। यसैबीच घटनाबारे खबर फैलिएपछि, क्षेत्रमा भीड़ जम्मा भयो र विभिन्न छलफल शुरु भयो।
थाना प्रभारी मनोज सिंह भदौरियाले भने, पुलिस घटनास्थलमा पुग्यो, शवलाई आफ्नो नियन्त्रणमा लिएर पहिचान गर्ने प्रयास गऱ्यो। तरैपनि मृतकको पहिचान हुन सकेको छैन। यसपछि पुलिसले शवलाई पोस्टमार्टमको लागि पठाएको छ। साथै घटनाबारे कुनै पनि महत्त्वपूर्ण जानकारी सङ्कलन गर्न नजिकैको सीसीटीभी क्यामेराहरूबाट फुटेज स्क्यान गर्ने प्रयास शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी