
गुवाहाटी, 05 अप्रेल (हि.स.)। राजधानी गुवाहाटीको वशिष्ठ थाना क्षेत्रमा आइतवार बिहान अचानक आगो लाग्यो। यस अवधि ग्यासका दुई वटा सिलेण्डर विस्फोट भएर आगो झन् द्रूत गतिमा फैलियो। तथापि यस घटनामा कुनै प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन। घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो।
प्राप्त जानकारी अनुसार वशिष्ठमा पाटरकुचीको सात नम्बर गल्लीमा अवस्थित रबरको गोदाममा आज बिहान अचानक आगो लाग्यो। रबरमा लागेको आगो द्रूत गतिमा फैलियो, सम्पूर्ण क्षेत्रलाई कालो धुँवाले ढाक्यो। स्थानीय मानिसहरूले बताए, दुर्घटना अवधि सम्भवतः गोदाममा राखिएका दुई वटा ग्यासको सिलेण्डर एकपछि अर्को गर्दै विस्फोट भयो।
सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिस एवं अग्निशमन कर्मीहरूले लगभग पाँच वटा दमकलको माध्यमबाट आगोलाई नियन्त्रण गरे। उक्त रबर गोदाम क्याप्टन नामक व्यक्तिको रहेको बताइएको छ। यस घटनामा 50 लाख रुपियाँभन्दा अधिकको सम्पत्ति जलेर स्वाहा भएको छ। तथापि आगो कसरी लाग्यो, अहिलेसम्म थाहा लाग्न सकेको छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा