मेट्रो स्टेशनमा किशोरी रोइरहेकी भेटियो, पुलिसले काउन्सिलिंग गरेर परिवारसित गरायो भेट
मेट्रो स्टेशनमा किशोरी रोइरहेकी भेटियो, पुलिसले काउन्सिलिंग गरेर परिवारसित गरायो भेट


नयाँ दिल्ली, 05 अप्रेल (हि.स.)। दिल्ली मेट्रो परिसरमा संवेदनशीलता औ तत्परताको परिचय दिँदै मेट्रो यूनिट पुलिसले एकजना तनाउग्रस्त किशोरीलाई सुरक्षित उसको परिवारसित भेट गराइदियो। यो घटना गए 4 अप्रेलको हो जतिबेला आनन्द विहार मेट्रो स्टेशनमा गस्ती गरिरहेका पुलिसकर्मीहरूको नजर एकजना रूँदै गरेकी किशोरीमाथि पऱ्यो।

मेट्रोको कामको हेरचाह गरिरहेका पुलिस उपायुक्त बी भरत रेड्डीले आइतवार बताए, हेड कन्स्टेबल आदर्श र महिला कन्स्टेबल सुनिताले नियमित गस्ती गरिरहेका थिए। यसै अवधि उनीहरूले मेट्रो स्टेशनभित्र एकजना किशोरीलाई एक्लै रूँदै गरेको देखे। किशोरीको अवस्था देखेर दुवै पुलिसकर्मी तुरून्त उसको छेउमा पुगे अनि उसलाई सुरक्षित स्थानमा लगेर बातचित गरे।

शुरुमा किशोरी धेरै डराएकी थिई र केही बताउन पनि हिच्किचाइरहेकी थिई। महिला कन्स्टेबलले उसलाई शान्तिपूर्वक सम्झाउँदै भरोसा दिलाइन्। बिस्तारै सहज भएर उसले आफ्नो पहिचान र घरको ठेगाना बताई। जाँचबुझ गर्दा उसले बताई, पछिल्लो दुई-तीन दिनदेखिको पढ़ाईलाई लिएर परिवारको दबावले मानसिक तनाउ भएर गुज्रिरहेकी थिई। त्यसैले उ बिहान सबेरै 4 बजे घरमा कसैलाई नभनी घरबाट हिँड़ेकी थिई।

पुलिस टीमले तत्परता देखाउँदै उसको पितासित सम्पर्क गऱ्यो। पिताले पुष्टि गऱ्यो, छोरीले कसैलाई नभनी घरबाट निक्लेकी थिई र परिवारले उसलाई खोजिरहेको थियो। त्यसपछि उनले तुरून्त दिल्ली आउने कुरा गरे साथै आफन्तहरूलाई पनि घटनास्थलमा पठाए।

केही पछि किशोरीका काका र अन्य आफन्तहरूले थानामा पुगे। पछि पिता पुगेर सबै आवश्यक औपचारिकता पूरा गरियो। परिवारलाई किशोरीको स्थितिबारे जानकारी दिँदै मेडिकल जाँच गराउने सल्लाह दिइयो। तथापि परिवारले बतायो, उ सामान्य छ। सबै प्रक्रिया पूरा गरेपछि किशोरीलाई सुरक्षित उसको पितालाई सुम्पिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande