ईस्टरमा ममता ब्यानर्जीको सन्देशः शान्ति एवं आशाको कामना
ईस्टरमा ममता ब्यानर्जीको सन्देशः शान्ति एवं आशाको कामना


कोलकाता, 05 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतवार एक्स (पूर्वमा ट्विटर) मा ईस्टरको अवसरमा मानिसहरूलाी शुभकामना दिइन्।

आफ्नो सन्देशमा उनले लेखिन्, “जसरी तपाईहरूले यस दिनको उत्सव मनाइरहनु भएको छ, त्यसरी नै तपाईहरूले सदैव भगवानको असीम प्रेमलाई याद राखुन्। यसले तपाईहरूको हृदयलाई शान्ति अनि आगामी दिनको लागि आशाले भरिदेओस्।”

मुख्यमन्त्रीले आफ्नो यस सन्देशको माध्यमबाट मानिसहरूको लागि शान्ति, प्रेम र आशाको कामना गरिन् जसले ईस्टरको मूल भवलाई दर्शाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande