मणिपुरः केसीपी (पीडब्ल्यूजी) की तीन क्याडर पक्राउ, मोरेह निकट हतियार र विस्फोटक जफत
मणिपुरः केसीपी (पीडब्ल्यूजी) की तीन क्याडर पक्राउ, मोरेह निकट हतियार र विस्फोटक जफत


इम्फाल, 05 अप्रेल (हि.स.)। मणिपुर पुलिसले इम्फाल पूर्व र इम्फाल पश्चिम जिल्लामा संचालित एक समन्वित अभियानमा प्रतिबन्धित संगठन केसीपी (पीडब्ल्यूजी)- का तीनजना सक्रिय क्याडरहरूलाई पक्राउ गरेको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी बयानमा बताइएको छ, पक्रा पर्ने क्याडरहरूको पहिचान थंगजाम याइफाबा मैतेई उपनाम रवि वा पिक्रू (32 वर्ष); लैतोंजम रमाकान्त मैतेई उपनाम बोथे (35) र थोंगजाम हेरोजित उपनाम गुडुपाओ (39)- को रूपमा गरिएको छ। यिनीहरू सबैैलाई निजी आवासबाट पक्राउ गरिएको हो।

यस अवधि सुरक्षाकर्मीहरूले तीन वटा मोबाइल ह्याण्डसेट र दुई वटा आधार कार्ड पनि जफत गरे। पुलिसले बताएको छ, यो अभियान यस क्षेत्रमा सक्रिय उक्त समूहको गतिविधि बारे प्राप्त गुप्त विशिष्ट जानकारीको आधारमा संचालन गरिएको थियो।

यसरी नै गत 3 अप्रेलको दिन तेंगनौपाल जिल्लाको मोरेह पुलिस थाना अन्तर्गत यांगौबुंग गाउँ निकट सीमा स्तम्भ (बोर्डर पिल्लर) 72 र 73 -को माझमा अवस्थित क्षेत्रबाट प्रचुर मात्रामा हतियार अनि विस्फोटक जफत गरियो जसमा एउटा एके-47 राइफल (म्यागजिनसितै), दुई वटा 9 एमएम पिस्तोल (म्यागजिनसितै), चार वटा डेटोनेटर, आठ वटा ब्याटरी, एउटा ट्याक्टिकल रेडियो सेट, एउटा प्राथमिक उपचार किट औ 16,800 क्यात म्यान्मार मुद्रा सामेल छन्। घटनास्थलबाट 16 वटा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) पनि जफत गरियो जसलाई सुरक्षा टीमद्वारा घटनास्थलमै नष्ट गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande