
पूर्व मेदिनीपुर, 05 अप्रेल (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउलाई लिएर राजनीतिक पारा माथि पुगेको छ। यसबीच पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्राममा आइतवार राज्का मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालले चुनावी तयारी तथा व्यवस्थाको जायजा लिए। यस अवधि स्थानीय मतदाताहरूले मतदाता सूचीबाट नाम काटिएको सन्दर्भमा उनी समक्ष प्रश्न उठाए।
मुख्य निर्वाचन अधिकारीले मानिसहरूलाई भरोसा दिलाए, चुनाउ आयोगले स्वतन्त्र तथा शान्तिपूर्म मतदान सुनिश्चित गर्नको लागि सबै आवश्यक कदम उठाइरहेको छ। उनले भने, मतदाता सूचीबाट नाम हट्ने समस्या मुख्य रूपमा स्थानीय निर्वाचन पञ्जीकरण अधिकारी (ईआरओ) र सहायक निर्वाचन पञ्जीकरण अधिकारी (एआरओ)-सित सम्बन्धित तकनिकी कारणले गर्दा भएको हो। तथापि अहिले पनि अनलाइन आवेदनको माध्यमबाट मतदाता सूचीमा नाम जोड़्न सकिन्छ।
आइतवार अग्रवाल सबैभन्दा पहिला नन्दीग्रामको सरस्वती बजार क्षेत्रमा पुगे अनि त्यहाँ स्थानीय मानिसहरूसित बातचित गरे। उनले मानिसहरूसित अपील गरे, उनीहरू भयमुक्त भएर चुनाउमा भाग लिन सक्नेछन्। आयोगले चुनाउपूर्व र पछि पनि सुरक्षाको पुख्ता व्यवस्था गर्नेछ।
निरीक्षण अवधि उनीसित पूर्व मेदिनीपुरका जिल्लाधिकारी निरञ्जन कुमार, पुलिस अधीक्षक अंशुमान साहा सहित जिल्ला प्रशासनका केही वरिष्ठ अधिकारीहरू उपस्थित थिए। उनले अधिकारीहरूसित विभिन्न बूथहरूको निरीक्षण गर्दै मतदान केन्द्रहरूमा सुरक्षा बलहरूको तैनाथी, मतदाताहरूको व्यवस्था तथा अन्य व्यवस्थाहरूलाई लिएर दिशानिर्देश दिए।
नन्दीग्रामका विभिन्न क्षेत्रहरूको निरीक्षण गरेपछि पत्रकारहरूसित बातचित गर्दै अग्रवालले भने, जुन क्षेत्रहरूमा पहिला अशान्ति रेकर्ड गरिएको थियो त्यहाँ विशेष निगरानी राखिँदैछ। चुनाउ आयोगको लक्ष्य हो पूर्ण रूपले निष्पक्ष र शान्तिपूर्ण चुनाउ सम्पन्न गराउनु। कुनै पनि प्रकारको हिंसा वा अशान्तिलााई कड़ाईपूर्वक रोकिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा