
सदिया (असम), 05 अप्रेल (हि.स.)। भाजपा उम्मेद्वार बोलिन चेतियाले असम जातीय परिषद (एजेपी)-का प्रत्याशीमाथि कटाक्ष गर्दै भने, क्षेत्रमा व्यापक रूपा पुल अनि सड़कहरू निर्माण भएको कारणले अब सदियामा नौका सेवाको कुनै आवश्यकता छैन।
बितेको राती एक कार्यक्रममा सामेल भएपछि मीडियासित बातचित गर्दै चेतियाले भने, सदिया विधानसभा क्षेत्रका चारै दिशामा पक्की सड़कहरू तथा स्थायी पुलहरूको निर्माण भइसकेको छ जसबाट मानिसहरूको आवागमन पूर्ण रूपले सहज भएको छ। उनले अझ भने, “अब सदियावासीहरूको लागि नौकामा चढ़्ने प्रश्नै उठ्दैन।”
एजेपी प्रत्याशीलाई लक्षित गर्दै चेतियाले भने, विकास कार्यहरूको कारणले अब यस्तो मुद्दा अप्रासंगिक भइसकेको छ भने क्षेत्रको सम्पर्क व्यवस्थामा ठूलो सुधार आएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा