
भुवनेश्वर, 05 अप्रेल (हि.स.)। राष्ट्रिय समुद्री दिवसको अवसरमा ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले राज्यको समृद्ध समुद्री धरोहरलाई नमन गर्दै तटीय तथा औद्योगिक विकासको लागि आफ्नो दूरदर्शी योजना प्रस्तुत गरे। मुख्यमन्त्रीले सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, “राष्ट्रिय समुद्री दिवसमा म हाम्रा वीर नाविकहरूलाई सलाम गर्दछु तथा ओडिशाको अद्वितीय समुद्री परम्परालाई सम्मान गर्दछु। साधबा पुरको ऐतिहासिक समुद्री यात्रादेखि लिएर बोइत बंदाण जस्तो पवित्र परम्परासम्म हाम्रो इतिहास कलिंगका ती साहसी व्यापारी-समुद्री यात्रीहरूको गाथा हो जसले एक समयमा हाम्रा तटहरूलाई दक्षिण-पूर्व एशियासित जोड़ेका थिए।”
उनले अझ भने, “आज हामी यस प्राचीन धरोहरलाई एक आधुनिक औद्योगिक शक्तिमा परिणत गरिरहेका छौं। विश्वस्तरीय शिपबिल्डिंग क्लस्टरलाई विकसित गर्नु तथा पारादीप बन्दरगाहदेखि लिएर बहुदासम्म आफ्नो बन्दरगाह तन्त्रलाई विस्तार गरी ओडिशाले भारतको समुद्री भविष्यको नेतृत्व गरिरहेको छ। हामी एक दिगो ‘ब्लू इकोनमी’-प्रति प्रतिबद्ध छौं जसले हाम्रो अतीतलाई सम्मान गर्दै राज्यलाई वैश्विक व्यापारको प्रमुख द्वार बनाउँछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा