
पलवल, 05 अप्रेल (हि.स.)। पलवल जिल्लाको क्याम्प थाना क्षेत्रमा बसोबास गर्ने 15 वर्षीया नाबालिकासित बलात्कार भएको घटना सामु आएको छ। आरोपी युवक पवनले किशोरलाई फरिदाबाद लगेर बलात्कार गऱ्यो अनि भोलिपल्ट बल्लभगढ़ बस स्ट्याण्डमा छोड़ेर भाग्यो। पुलिसले नाबालिकाकी आमाले दर्ता गराएकी रिपोर्टको आधारमा भारतीय न्याय संहिता र पोक्सो एक्टका कड़ा धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी आरोपीलाई खोजिरहेको छ।
क्याम्प थाना प्रभारी कृष्ण गोपालले आइतवार घटनाको पुष्टि गर्दै भने, किशोरीकी आमाले सिकायतमा बताइन् कि गत एक अप्रेलको राती उनकी कान्छी छोरी कसैलाई नभनी घरबाट गएपछि फर्केर आइन। सबैतिर खोजतलास गर्दा पनि पत्तो नलागेपछि 2 अप्रेलको दिन परिवारले किठवाड़ी पुलिस चौकीमा हराएको रिपोर्ट दर्ता गरायो। पछि छोरी भेटियो जसपश्चात पुलिसले उसको काउन्सिलिंग र मेडिकल जाँच गरायो। गए 4 अप्रेलको दिन नाबालिकले आफ्नी आमालाई बताई, छिमेकमा बस्ने पवन नामक युवकले उसलाई पिज्जा र बर्गर खुवाउने बहानामा आफ्नो बाइकमा चढ़ाएर लग्यो। यहाँ आरोपीले उसित बलात्कार गरेपछि उसलाई बल्लभगढ़ बस स्ट्याण्डमा छोड़ेर भाग्यो।
पीड़िता अनुसार आरोपीले घटना बारे कसैलाई बताए ज्यान लिने धम्की पनि दियो। पुलिस अनुसार मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै भारतीय न्याय संहिताको बलात्कारसित सम्बन्धित धारा अनि पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। इन्स्पेक्टर सुशिलालाई जाँच अधिकारी नियुक्त गरिएको छ। पीड़िताको मेडिकल परीक्षण पलवल जिल्ला अस्पताला गरियो जसमा बलात्कार भएको पुष्टि भएको छ। पुलिस अनुसार आरोपी पवनको खोजी जारी छ। उसलाई चाँड़ै पक्राउ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा