नगाउँमा सुदखोर तथा ड्रग तस्करहरूमाथि कड़ाई गर्ने वाचा, कंग्रेसमाथि पीयूषको प्रहार
नगाउँमा सुदखोर तथा ड्रग तस्करहरूमाथि कड़ाई गर्ने वाचा, कंग्रेसमाथि पीयूषको प्रहार


नगाउँ (असम), 05 अप्रेल (हि.स.)। असम सरकारका मन्त्री पीयूष हजारिकाले सुदखोर तथा ड्रग तस्करहरूविरूद्ध कड़ा कारबाही गर्ने आश्वासन दिएका छन्। साथै मानिसहरूसित सही निर्णय लिने अपील गरेका छन्।

मन्त्री पीयूष हजारिकाले गए राती नगाउँमा एक चुनावी सभालाई सम्बोधन गरेपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए। यसअघि नगाउँको उरिया गाउँस्थित भूपेन हजारिका रंगमंचमा आयोजित सभामा उनले नगाउँ-बटद्रवा विधानसभा क्षेत्रबाट भाजपा प्रत्याशी रूपक शर्माको समर्थनमा प्रचार गरे। उनले भने, जिल्लामा सुदखोर अनि नशाको कारबारसित जोड़िएका तत्वहरूलाई पुनः सक्रिय हुन दिइनेछैन।

कंग्रेसलाई लक्षित गर्दै हजारिकाले 24 वटा सीट जित्ने कंग्रेसको दाबीमाथि पनि शंका व्यक्त गरे। उनले दाबी गरे, रहाबाट भाजपा प्रत्याशी शशिकान्त दासको जीत तय छ भने मध्य असमका सबै सीट गठबन्धनको झोलीमा पर्नेछ।

उनले भने, राज्यका जनता हिमन्त बिस्व सरमालाई पुनः मुख्यमन्त्रीको रूपमा देख्न चाहन्छन् र उनको नेतृत्वमा सरकार फेरि बन्नेछ। रहाको चापरमुखमा आयोजित अर्को सभामा हजारिकाले वाचा गरे, भाजपाको सरकार गठन भएको खण्डमा आगामी पाँच वर्षभित्रमा 18 हजार कड़ोर रुपियाँ खर्च गरेर असमलाई बाढ़मुक्त बनाइनेछ। उनले रहा क्षेत्रमा सबै तटबन्धहरू निर्माण गर्ने आश्वासन दिँदै भने, आगामी वर्षदेखि सिचाइमाथि विशेष ध्यान दिइनेछ।

कंग्रेसको आलोचना गर्दै उनले भने, यदि पार्टी सत्तामा आयो भने अरूणोदय जस्तो जनकल्याणकारी योजनाहरू बन्द हुनेछन्, त्यसैले कंग्रेसलाई दिएको भोट व्यर्थ जानेछ।

लगभग दश हजारभन्दा अधिक मानिसहरूको उपस्थितिमा सम्पन्न सो सभामा विभिन्न दलका केही कार्यकर्ताहरूले भाजपाको सदस्यता ग्रहम गरे। त्यसपछि मन्त्रीले दक्षिणापाटमा पनि अर्को चुनावी सभालाई सम्बोधन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande