
किशनगञ्ज, 05 अप्रेल (हि.स.)। जिल्लाको ठाकुरगञ्ज थाना क्षेत्रमा एकजना नाबालिक युवतीसित दुष्कर्म गरेको आरोपमा सशस्त्र सीमा बल (एसएसबी)- का एकजना जवानलाई पुलिसले पक्राउ गरेको छ। घटन प्रकाशमा आएपछि पुलिसले तत्परता देखाउँदै आरोपीलाई हिरासतमा लियो। जानकारी अनुसार पीड़िता पक्षको सिकायतको आधारमा ठाकुरगञ्ज थानामा मामिला दर्ता गरियो। जाँच अवधि पुलिसलाई सूचना प्राप्त भयो, आरोपी जलेबिया मोड़ निकट एउटा भाड़ाको घरमा बसिरहेको छ।
ठाकुरगञ्ज थानाध्यक्ष मो. मकसुद आलम अशरफीले बताए, सूचनाको आधारमा पुलिस टीमले छापा मारेर आरोपी जवानलाई पक्राउ गऱ्यो। आरोपीसित जाँचबुझ गरिँदैछ। पुलिसले पीड़ितालाई मेडिकल जाँचको लागि पठाइदिेको छ। ममिलाको संवेदनशीलतालाई ध्यानमा राखेर पुलिसले सम्पूर्ण घटनाक्रमको गहन जाँच गरिरहेको छ। पुलिस अधिकारीहरूको भनाइ छ, दोषी पाइए आरोपीविरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा