चुनाउपूर्व 650 कराेडभन्दा अधिक जफत
चुनाउपूर्व 650 कराेडभन्दा अधिक जफत


गुवाहाटी, 05 अप्रेल (हि.स.)। चुनाउ आयोगले सामान्य चुनाउ तथा उपचुनाउ 2026 लाई मध्यनजर गर्दै गरिएको कारबाहीमा जफत गरिएका सामग्रीहरूको कुल मूल्य 650 कराेड़ रुपियाँभन्दा अधिक पुगेको छ जुन निष्पक्ष अनि पारदर्शी चुनाउ सुनिश्चित गर्नको लागि कड़ा निगरानीको संकेत हो।

आधिकारिक जानकारी अनुसार आयोगले प्रदेशहरूका मुख्य सचिवहरू, मुख्य निर्वाचन अधिकारीहरू, पुलिस महानिदेशकहरू तथा प्रवर्तन एजेन्सीहरूहरूका प्रमुखहरूसित केही समीक्षा बैठकहरू गरेको छ। यी बैठकहरूमा हिंसा, भय र प्रलोभनदेखि मुक्त चुनाउ सुनिश्चित गर्ने निर्देश दिइयो।

निगरानीलाई मजबुत बनाउनको लागि 5,173 फ्लाइङ स्क्वाडलाई तैनाथ गरिएको छ जसले 100 मिनटभित्रमा सिकायतहरूको समाधान गर्नेछ। यस अतिरिक्त विभिन्न स्थानहरूमा अचानक जाँचको लागि 5,200 भन्दा अधिक स्ट्याटिक सर्भिलान्स टीम (एसएसटी) हरूलाई पनि तैनाथ गरिएको छ।

आयोगले बतायो, गत 26 फरवरी, 2026-देखि चुनावी जफती प्रबन्धन प्रणाली शुरू भएदेखि 5 अप्रेल, 2026 सम्ममा मोठ 651.51 कराेड़ रुपियाँ जफत गरिसकिएको छ जसमा असममा 97 कराेड़ रुपियाँ जफत गरिएको छ।

मोठ जफतीमध्ये 53.2 कराेड़ रुपियाँ नगद, 79.3 कराेड़ रुपियाँको रक्सी, 230 कराेड़ रुपियाँको मादक पदार्थ, 58 कड़ोर रुपियाँको बहुमूल्य धातु औ 231.01 कराेड़ रुपियाँको फ्री उपहार एवं अन्य सामग्री सामेल छन्।

आयोगले यो पनि स्पष्ट् पाऱ्यो, जाँच वा खोजी अवधि आम नागरिकहरूलाई कुनै पनि प्रकारको असुविधा वा उत्पीड़न नहोस्, यसमाथि विशेष ध्यान दिइयोस्। यसको लागि जिल्ला स्तरमा सिकायत निवारण समितिहरू गठन गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande