प्रेस कन्फ्रेन्समा भाजपा उम्मेदवारले राखे ‘मन की बात’, विकास गर्ने वाचा
प्रेस कन्फ्रेन्समा भाजपा उम्मेदवारले राखे ‘मन की बात’, विकास गर्ने वाचा


हुगली, 05 अप्रेल (हि.स.)। जिल्लाको सप्तग्राम विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार स्वराज घोषले आइतवार आफ्नो चुनावी कार्यालयमा प्रेस कन्फ्रेन्स आयोजना गरी मीडिया समक्ष आफ्नो कुरा राखे।

स्वराज घोषले प्रादेशिक औ स्थानीय मुद्दाहरूमा खुलेर आफ्नो मत व्यक्त गर्दै आरोप लगाए, तृणमूल कंग्रेसको शासनकालमा सप्तग्राम विधानसभा क्षेत्रका आम जनताले मूलभूत सुविधाहरूको समुचित विकास पाएका छैनन्। उनले भने, शिक्षा, स्वास्थ्य, जल निकासी, पेय जल समेत केही क्षेत्रहरूमा यो क्षेत्र पछाड़िएको छ।

भाजपा उम्मेद्वारले भने, धान र आलु किसानहरूको स्थिति पनि राज्य सरकारको नीतिको कारणले लगातार खस्किँदै गइरहेको छ। कतिपय किसानहरूले आत्महत्या समेत गरिसकेका छन्।

उनले वाचा गरे, यदि उनले चुनाउ जिते सबैभन्दा पहिला क्षेत्रमा एक सुपर स्पेशियलिटी अस्पताल बनाउनेछन् जसबाट मानिसहरूलाई उन्नत स्वास्थ्य सुविधा प्राप्त होस्। यस अतिरिक्त शिक्षा, जल निकासी र पेयजल जस्ता बुनियादी सुविधाहरूको विकासमाथि पनि बल दिइनेछ।

स्वराज घोषले यो पनि आरोप लगाए, राज्य सरकारका नीतिहरूको कारणले मानिसहरूलाई आयुष्मान कार्डको लाभ प्राप्त भइरहेको छैन। उनले भने, राज्य सरकारद्वारा जारी स्वास्थ्य साथी कार्ड सीमित अस्पतालहरूमा मात्र मान्य छ जसबाट मानिसहरूलाई समस्या भइरहेको छ। यदि पश्चिम बंगालमा भाजपाको सरकार आए केन्द्र सरकारको सहयोगमा सप्तग्राम सहित सम्पूर्ण राज्यमा द्रूत गतिमा विकास कार्य गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande