
गुवाहाटी, 05 अप्रेल (हि.स.)। ताई अहोम युवा परिषद, असमले एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीको असम दौड़ाहप्रति कड़ा प्रतिक्रिया व्यक्त गर्दै यसलाई साम्प्रदायिकतालाई बढ़ाउने कदम बताएको छ।
एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै संगठनले गए राती ओवैसीलाई असम आउने निम्तो दिनेहरूको कड़ा आलोचना गऱ्यो। परिषदले आरोप लगायो, यस किसिमको कदमले राज्यको सामाजिक सौहार्दलाई खलबलाउनको साथै साम्प्रदायिक तनाउलाई प्रोत्साहित गर्नसक्छ। संगठनले स्पष्ट पाऱ्यो, उसले कुनै पनि विभाजनकारी राजनीतिको विरोध गर्छ।
संगठनले चेताउनी दिँदै भन्यो, भविष्यमा ओवैसीलाी असमको धरतीमा कदम राख्न दिइनेछैन। ओवैसीले सायद यो कुरालाई भुलेका होलान् कि अहोमले असममा मुगलहरूलाई प्रवेश गर्नदेखि कसरी रोकेको थियो।
यसबीच परिषदले आफ्ना अध्यक्ष दिगंत तामुलीलाई अपदस्थ गरिएको खबरलाई शिराबाटै खारेज गर्दै भन्यो, केही मीडिया संस्थाहरूमा प्रकाशित यो समाचार पूर्ण रूपले भ्रामक र असत्य हो।
संगठनका संयुक्त सचिव दीपज्योति बरुवाले बयान जारी गरी आरोप लगाए, केही स्वार्थी तत्वहरूद्वारा जनतालाई भ्रमित पार्ने उद्देश्यले यस किसिमको झुटो खबर फैलाइँदैछ। उनले मीडियासित कुनै पनि समाचार प्रकाशन गर्नअघि तथ्यहरूको पुष्टि गर्ने अपील समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा