जुबिन गर्गले चाँड़ै न्याय पाउनेछन्, दश दिनभित्रमा हुनेछ चार्ज फ्रेमः मुख्यमन्त्री सरमा
जुबिन गर्गले चाँड़ै न्याय पाउनेछन्, दश दिनभित्रमा हुनेछ चार्ज फ्रेमः मुख्यमन्त्री सरमा


गुवाहाटी, 05 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, लोकप्रिय गायक जुबिन गर्गले चाँड़ै न्याय पाउनेछन्। उनले बताए, जुबिन गर्गसित सम्बन्धित ममिलामा आगामी दश दिनभित्रमा चार्ज फ्रेम गरिनेछ।

मीडियासित बातचित गर्दै मुख्यमन्त्रीले भने, चार्ज फ्रेम भएपछि मामिलामा तथ्यहरूको आधारमा कानूनी प्रक्रियालाई अगाड़ि बढ़ाइनेछ।

एक प्रश्नको जवाफमा मुख्यमन्त्रीले कुंकी चौधरीमाथि तीव्र प्रहार गर्दै भने, कामाख्या मन्दिर, माजुली र बटद्रवा थान जस्ता पवित्र स्थलहरूमा गोमांसको सेवनलाई कुनै पनि स्थितिमा सहन गरिनेछैन।

मुख्यमन्त्रीले भने, यदि कुंकी चौधरीले आफूलाई सनातनी मान्छ भने उनले आफ्ना माता-पिताको कथित कृत्यदेखि सार्वजनिक टाड़िनुपर्छ। उनले यो पनि चेताउनी दिए, चुनाउपछि गोमांस सेवनको मामिलामा कुंकीका माता-पिताविरूद्ध कारबाही गरिनेछ।

चुनाउलाई लिएर मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, भाजपाले 90-100 वटा सीट हासिल गर्नेछ। उनले भने, जोरहाटका जनताले भरमग्दुर समर्थन गरेका छन् जसको फलस्वरूप भाजपा उम्मेद्वार हितेन्द्र नाथ गोस्वामीले भारी मतले जीत हासिल गर्नेछन्।

मुख्यमन्त्रीले यो पनि भने, पारदर्शी नियुक्तिले राज्यका युवाहरूमा आशा सञ्चार गरेको छ, त्यसैले असमका युवाहरू भाजपाको साथमा छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande