अपराधको योजना बनाइरहेका दुई आरोपी पक्राउ
अपराधको योजना बनाइरहेका दुई आरोपी पक्राउ


कटिहार, 06 अप्रेल (हि.स.)। जिल्लाको कोढ़ा थाना पुलिसले अपराधको योजना बनाइऱहेका दुई अपराधीलाई पक्राउ गरेको छ।

उनीहरूदेखि एउटा देशी पेस्तोल र दुई वटा मोटरसाइकल जफत गरिएको छ। पक्रा परेका अपराधीहरूमा कोढ़ा थानाको चेथरियापीर गाउँको राकेश ऋषिका छोरा नीरज कुमार र पूर्णिया जिल्लाको मरंगा थानाको नयाँ टोला गंगेली गाउँका हरेकृष्ण पासवानका छोरा मोनु कुमार सामेल छन्।

पुलिसले बतायो, गुप्त सूचनाको आधारमा कोढ़ा थानाका प्रमुखले पुलिस बलसँगै वडा नम्बर 5 को परमानन्दपुरमा छापा मारेका थिए जसमा दुवै अपराधी पक्रा परेका थिए। पुलिस अनुसार, दुवै अपराधीले ठूलो घटना गर्ने योजना बनाएका थिए। पक्रा परेका अभियुक्तहरू विरुद्ध थप कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande