राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त
राज्यपालको तीन दिवसीय मङ्गन जिल्ला भ्रमण समाप्त


गान्तोक, 05 अप्रेल (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले मङ्गन जिल्लाको तेस्रो तथा अन्तिम दिन चुङथाङस्थित 11 बटालियन आईटीबीपीको भ्रमण गरे। यस अवसरमा राज्यपालले जवानहरूसॅंग संवाद गरे तथा उनीहरूको साहस र समर्पणको सराहना गरे।

राज्यपालले जवानहरूसॅंग अन्तरक्रिया पनि गरे। उनले वर्तमान परिदृश्यमा राष्ट्रको सुरक्षा स्थिति तीव्र रूपमा परिवर्तन भइरहेको तथा केन्द्र सरकार रक्षालाई सुदृढ बनाउन पूर्ण ध्यान दिइरहेको बताए। उनले जवानहरूलाई आहार, बिजुली, कनेक्टिविटी र जीवन स्तरको गुणवत्ताबारे जानकारी लिए। जवानहरूले सन्तोष व्यक्त गर्दै गत एक दशकमा उनीहरूको जीवनको गुणवत्तामा उल्लेखनीय सुधार भएको बताए। विशेष रूपमा आधुनिक सैन्य उपकरणहरू, राम्रो आहार र डिजिटलीकरणका कारण सुधार भएको उनीहरूले बताए।

जवानहरूलाई सम्बोधित गर्दै राज्यपालले भने, 'तपाईहरू जोखिमपूर्ण परिस्थितिका बावजुद देशको सुरक्षामा डटेर उभिनु भएको छ, यो तपाईहरूको सॉंचो कर्मठता हो। म यहॉं एक राज्यपालभन्दा पनि मित्रको भावले आएको छु, ताकि तपाईहरूको चुनौतीहरूलाई बुझ्न सकूं र तपाईहरूको साहस र समर्पणको मनोबल बढाउन सकूं।' राज्यपालले विशेष रूपमा करेङ पोस्टमा 17 हजार फीटको उचाईमा तैनात आईटीबीपी जवानहरूको समर्पण, धैर्य र अनुशासनको सराहना गरे।

राज्यपालले आईटीबीपीका जवानहरू र महिला समूहको अनुशासन र पराक्रम सम्पूर्ण राष्ट्रको लागि प्रेरणास्रोत रहेको बताए। उनले देशको सीमावर्ती क्षेत्र, विशेषगरी नर्थ सिक्किमलाई सुरक्षित राख्नमा जवानहरूको भूमिकाको सराहना गरे।

भ्रमणका क्रममा राज्यपालले सीमा सडक सडकका कर्मीहरूसॅंग पनि भेट गरे र प्रतिकूल मौसम र परिस्थितिहरूमा उनीहरूका योगदानको सराहना गरे। राज्यपालको भ्रमणको क्रममा मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री, 11 बटालियन आईटीबीपीका कमान्डेन्ट राजेश कुमार जोशी, एसडीएम सन्दिप कुमार, एसडीएम अरुण छेत्री तथा अन्यहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande