
मुम्बई, 05 अप्रेल (हि.स.)। महाराष्ट्रको रायगढ़ जिल्ला अन्तर्गत खालापुरमा टुनामुनाको नाममा एकजना महिलासित दुष्कर्म गर्ने आरोपी तान्त्रिकलाई पुलिसले पक्राउ गरेको छ। आरोपीसित खालापुर पुलिस स्टेशनको टीमले गहन जाँचबुझ गरिरहेको छ।
यस घटनाको अनुसन्धान गरिरहेका पुलिस अधिकारीले आइतवार बताए, यस घटनामा पक्रा पर्ने तान्त्रिकको पहिचान अब्दुल रशिद उपनाम बाबाजानको रूपमा गरिएको छ। आरोपीविरूद्ध सिकायत दर्ता गराउने महिला सान्ताक्रुज क्षेत्रमा बस्छे। पीडि़त महिलाले पुलिसलाई दिएको आफ्नो सिकायतमा बताएकी छे, उ आफ्नो पतिको प्रेमिकाको हल निकाल्नको लागि अब्दुल रशिद उपनाम बाबाजान समक्ष गएकी थिई। बाबाजानले महिलालाई आधा रातमा खालापुर जिल्लाको महाड़मा एक सुनसान ठाउँमा अवस्थित एक फार्म हाउसमा अघोरी पूजा गर्नको लागि बोलायो। आधा रातमा अघोरी पूजा गर्दैगर्दा तान्त्रिकले पीड़ित महिलासित दुष्कर्म गऱ्यो। यस घटनाको गहन अनुसन्धान भइरहेको छ। पुलिसले यस्ता तान्त्रिकहरूदेकि होशियार रहने अपील गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा