प्रधानमन्त्री मोदीले प्रधानमन्त्री मुद्रा योजनाको ११औं वार्षिकोत्सवमा सफलताको प्रशंसा गरे
pm modi


नयाँ दिल्ली, ०८ अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री मुद्रा योजनाको ११औं वार्षिकोत्सवको अवसरमा यसको सफलताको प्रशंसा गर्दै यो योजना देशका युवाहरूका लागि स्वरोजगारको बलियो माध्यमका रूपमा स्थापित भएको बताएका छन्। यो जानकारी प्रधानमन्त्री कार्यालयले दिएको हो।

प्रधानमन्त्रीले भने, ११ वर्षअघि शुरु गरिएको यस योजनाले प्रमाणित गरेको छ कि यदि मानिसहरूलाई सही अवसर र सहयोग प्राप्त भयो भने उनीहरू केवल आत्मनिर्भर मात्र बन्न सक्दैनन्, राष्ट्र निर्माणमा पनि महत्वपूर्ण योगदान दिन सक्छन्। प्रधानमन्त्री मोदीले ‘एक्स’ मा आफ्नो सन्देशमा पनि लेखेका छन्, यो योजना युवाहरूलाई सशक्त बनाउन अत्यन्त प्रभावकारी सावित भएको छ र आगामी दिनहरूमा पनि यसले देशको प्रगतिलाई गति दिइरहनेछ।

यस अवसरमा उनले एक संस्कृत सुभाषित पनि साझा गरे, जसमा एक बुद्धिमान व्यक्तिका गुणहरूको वर्णन गरिएको छ,

“आत्मज्ञानं समारंभस्थितिक्षा धर्मनित्यता।

यमर्था नापकर्षन्ति स वै पण्डित उच्यते॥”

प्रधानमन्त्रीले श्लोकको अर्थ स्पष्ट पार्दै भने, जसले आफ्ना क्षमताहरूलाई बुझ्छ, आत्मनिर्भर हुन्छ, धैर्य राख्छ, धर्मको पालन गर्छ र लोभबाट विचलित हुँदैन, उही साँचो अर्थमा बुद्धिमान मानिन्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande