
नयाँ दिल्ली, 08 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे विरुद्ध गरेको कथित आपत्तिजनक टिप्पणीलाई लिएर राजनीतिक विवाद तीव्र भएको छ। कांग्रेस पार्टीले उक्त बयानको कड़ा निन्दा गर्दै यसलाई दलित विरोधी मानसिकता भनेको छ।
सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिक्रिया दिँदै कांग्रेस महासचिव तथा सांसद प्रियंका गान्धीले असमका मुख्यमन्त्रीले कांग्रेस अध्यक्ष तथा राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खरगे विरुद्ध अभद्र र अपमानजनक भाषा प्रयोग गरेको बताएकी छन्, जुन पूर्णतया लज्जास्पद र अस्वीकार्य छ। उनले भनिन्, खरगे देशका वरिष्ठ नेताहरूमध्ये एक हुन् र दलित र विपन्न वर्गका बलियो प्रतिनिधि हुन्।
प्रियंका गान्धीले थप भनिन् कि यस तरिकाले एक वरिष्ठ दलित नेताको अपमान गर्नु केवल एक व्यक्तिको अपमान मात्र होइन, देशभरिका लाखौं विपन्न र दलित समुदायको अपमान हो। उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन् कि के उनी यस्तो भाषा र व्यवहारसित सहमत छन्।
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले पनि यस विषयमा तीव्र प्रतिक्रिया दिएका छन्। उनले असमका मुख्यमन्त्रीले मल्लिकार्जुन खरगे विरुद्ध प्रयोग गरेको भाषा अभद्र, निन्दनीय र घृणित भएको बताएका छन्। राहुल गान्धीले भने, खरगे एक वरिष्ठ र लोकप्रिय दलित नेता हुन् जसको अनुभव र योगदान अतुलनीय छ।
हिन्दुस्थान समाचार / भवानी थामी