पश्चिम एशियामा युद्धविरामको स्वागत गर्दै भारतले व्यक्त गऱ्यो स्थाई शान्तिको आशा
भारत


नयाँ दिल्ली, 08 अप्रेल (हि.स.)। पश्चिम एशियामा जारी इरान-अमेरिका संघर्षमा दुवै पक्षले घोषणा गरेको युद्धविरामको भारतले स्वागत गरेको छ। भारतले विश्वले यसको लागि ठूलो मूल्य चुकाएको र अब यो दिगो शान्तितर्फ अघि बढ्ने आशा गरेको बताएको छ।

विदेश मन्त्रालयले बुधवार एक विज्ञप्तिमा भन्यो, हामी युद्धविरामको स्वागत गर्दछौं र आशा गर्छौं कि यसले पश्चिम एशियामा दिगो शान्ति स्थापना गर्नेछ। हामीले पहिले धेरै पटक भने झैं वर्तमान द्वन्द्वलाई सकेसम्म चाँड़ो अन्त्य गर्न तनाव कम गर्नु, वार्ता गर्नु र कूटनीति अपरिहार्य छ।

बयानमा भनिएको छ कि यो संघर्षले पहिले नै जनतालाई ठूलो पीड़ा दिएको छ र विश्वव्यापी ऊर्जा आपूर्ति एवं व्यापार सञ्जाललाई बाधा पुर्यामएको छ। हामी आशा गर्छौं कि निर्बाध नेभिगेसन र विश्वव्यापी व्यापारको प्रवाह होर्मुज जलडमरूबाट जारी रहनेछ।

यो उल्लेखनीय छ कि अमेरिका अन्ततः युद्धविराममा सहमत भएको छ र इजरायलले पनि यसमा सहमति जनाएको छ। दुवै देशले मध्यस्थकर्ता शक्तिहरूलाई सम्मान गरेका छन् र अब इरानसँग आमनेसामने वार्ताको लागि तयारी गरिरहेका छन्। पश्चिम एशियाली सैन्य संघर्ष 28 फरवरीमा इरानमाथि अमेरिका-इजरायली संयुक्त आक्रमणबाट शुरु भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande