आइआइटी-बम्बे विद्यार्थी आत्महत्या प्रकरणः प्रोफेसर सूर्यनारायण डूला डीन पदबाट निलम्बित
फोटो: आईआईटी बॉम्बे कैपस में आंदोलन कर रहे छात्र


मुम्बई, २१ सेप्टेम्बर (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) पवई, बम्बेका डीन प्राध्यापक सूर्यनारायण डुलालाई क्याम्पसको छात्रावासमा विद्यार्थी साहिल वाकोड़ाको मृत्यु मामिलालाई लिएर विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनबीच सोमवार निलम्बित गरिएको छ।

मृतक विद्यार्थी साहिल वाकोड़ाको परिवारको उजुरीका आधारमा दर्ता गरिएको प्राथमिकीमा डुलालाई आरोपी बनाइएको छ। घटनाको अनुसन्धान अहिले मुम्बई पुलिसको अपराध शाखाले गरिरहेको छ।

घटनाको अनुसन्धान गरिरहेका एक पुलिस अधिकारी अनुसार, मृतक विद्यार्थी साहिल आईआईटी पवईको ऊर्जा विज्ञान तथा इन्जिनियरिङ विभागमा बीटेक दोस्रो वर्षमा अध्ययनरत थिए। शुक्रवार साँझ उनी छात्रावासको कोठामा मृत अवस्थामा फेला परेका थिए। यो घटना मध्यावधि परीक्षासँग सम्बन्धित एउटा घटनाको केही घण्टापछि भएको थियो।

त्यसपछि मृतक विद्यार्थीका पिताले पवई पुलिस थानामा आईआईटी संस्थानको प्रशासनमाथि उत्पीड़न तथा जातिय आधारमा भेदभाव गरेको आरोप लगाएका थिए। यही आधारमा संस्थानका डीन तथा अन्य व्यक्ति विरुद्ध प्राथमिकी दर्ता गरिएको हो। पुलिसले शनिवार राति घटनाको अनुसन्धान अपराध शाखालाई जिम्मा लगायो। घटनाको अनुसन्धान पुलिस सहायक आयुक्त (डिटेक्सन) को नेतृत्वमा भइरहेको छ।

संस्थान अनुसार, १८ सेप्टेम्बरमा भएको मध्यावधि परीक्षाका क्रममा साहिल वाकोड़ालाई परीक्षा हलमा मोबाइल फोनबाट प्रश्नपत्र च्याटजीपीटीमा अपलोड गरिरहेको अवस्थामा भेटिएको थियो। डुला सम्बन्धित विषयका अध्यापक थिए र परीक्षाका क्रममा निगरानी गरिरहेका थिए। सो क्रममा उनले विद्यार्थीलाई अनुमति नलिई स्मार्टफोन राखेको तथा प्रयोग गरेको भन्दै रोकेर घटनाबारे अधिकारीहरूलाई जानकारी गराएका थिए। त्यसपछि विद्यार्थीलाई सम्झाइएको र उनीमाथि कारबाही नगरिने आश्वासन दिइएको संस्थानले जनाएको छ। तर त्यसपछि विद्यार्थीले छात्रावासको आफ्नो कोठामा आत्महत्या गरेको जनाइएको छ।

घटनाको विरोधमा विद्यार्थीहरूले आईआईटी पवई परिसरमा प्रदर्शन गरेका थिए। उनीहरूले संस्थान प्रशासन समक्ष डीनको निलम्बन सहित १८ वटा माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। यसैगरी मृतक विद्यार्थीका पिताले पवई पुलिस थानामा संस्थानका डीन विरुद्ध प्राथमिकी दर्ता गराएका थिए। यही पृष्ठभूमिमा संस्थानले सोमवार डीन सूर्यनारायण डुलालाई निलम्बन गरेको हो। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande