सोमनाथ मन्दिर, भाजपाको कार्यालयलाई बमले उड़ाउने धम्की, जाँचमा जुटे एजेन्सीहरू
बम की धमकी की जांच करती गुजरात पुलिस


अहमदाबाद, २१ सेप्टेम्बर (हि.स.)। गुजरातको प्रसिद्ध मन्दिर तथा अन्य महत्वपूर्ण व्यक्तिहरू र भवनहरूलाई फेरि बमले उड़ाउने धम्की प्राप्त भएपछि सुरक्षा निकायमा खैलाबैला मच्चिएको छ। अज्ञात व्यक्तिले इमेल मार्फत धम्की दिएको छ। इमेलको शुरूआत ‘अस्सलामु अलैकुम, अल्लाहु अकबर’ लेखेर गरिएको छ। यो इमेल सबैभन्दा पहिले पञ्जाब पुलिसले प्राप्त गरेको थियो। त्यसपछि पञ्जाबका पुलिस महानिदेशकले गुजरात पुलिसलाई यसबारे जानकारी दिए।

धम्कीपूर्ण इमेलमा सोमनाथ मन्दिर, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, भाजपाको केन्द्रिय कार्यालय, पुलिसकर्मीहरू तथा रअ निकायलाई निशाना बनाउने उल्लेख गरिएको छ। इमेलमा विभिन्न स्थानमा यसअघि नै बम जड़ान गरिएको दाबी समेत गरिएको छ। सन्देशको अन्त्यमा पुनः ‘अल्लाहु अकबर’ लेखिएको छ। इमेलमा आपत्तिजनक तथा आतङ्कवादी गतिविधिसँग सम्बन्धित शब्दहरू पनि उल्लेख गरिएको जनाइएको छ। साथै ‘पाकिस्तान जिन्दाबाद’ जस्ता नारा लेखिएको कुरा पनि सामने आएको छ। धम्की प्राप्त भएपछि राज्यका विभिन्न सुरक्षा निकाय तथा पुलिसलाई सतर्क गराइएको छ र अनुसन्धान शुरु गरिएको छ।

भाजपा कार्यालयहरूको सुरक्षा बढ़ाइयो

धम्कीपूर्ण इमेल प्राप्त भएपछि खानपुर स्थित भाजपा कार्यालयमा पुलिसले तत्काल अनुसन्धान शुरु गऱ्यो। बम निष्क्रिय पार्ने टोली तथा पुलिसका टोलीलाई भाजपा कार्यालयमा पठाएर परिसरको जाँच गरियो। शहरका मेयर हितेश बारोट तथा सहर भाजपा अध्यक्ष उमंगभाई नायक पनि भाजपा कार्यालय पुगे।

अहमदाबादको शाहपुर पुलिस थानाका पुलिस निरीक्षक पीबी खाम्भलाले धम्कीपूर्ण इमेल प्राप्त भएपछि अनुसन्धान गरिएको बताए। बम निष्क्रिय पार्ने टोली तथा खोजी कुकुरको सहयोगमा परिसरको तलासी लिइएको तर जाँचका क्रममा कुनै शंकास्पद वस्तु फेला नपरेको उनले बताए।

पुलिस अनुसार, यसअघि १० सेप्टेम्बरमा विधानसभा, गान्धीनगर स्थित गुजरात उच्च अदालत तथा अहमदाबादका विद्यालयहरूलाई पनि बमले उड़ाउने धम्की प्राप्त भएको जानकारी सार्वजनिक भएको थियो। लगातार यस्ता धम्कीहरू प्राप्त भइरहेपछि सुरक्षा निकायहरू इमेलको स्रोत तथा यसको पछाड़ी रहेका व्यक्तिको पहिचान गर्न अनुसन्धानमा जुटेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande