देशभरमा ९ अप्रेलदेखि शुरु हुनेछ ८औं पोषण पखवाडा
देशभरमा ९ अप्रेलदेखि शुरु हुनेछ ८औं पोषण पखवाडा


नयाँ दिल्ली, ०८ अप्रेल (हि.स.)। केन्द्र सरकारले ९ देखि २३ अप्रेलसम्म देशभरमा ८औं पोषण पखवाडा २०२६ मनाउने भएको छ। यस वर्षको थिम “जीवनका पहिलो छ वर्षमा मस्तिष्कको विकासलाई अधिकतम बनाउनु” रहेको छ। यस अभियानले कुपोषणमुक्त भारतको संकल्पलाई सुदृढ़ बनाउँदै जनचेतना र सामुदायिक सहभागिता बढाउने लक्ष्य राखेको छ।

महिला तथा बाल विकास मन्त्रालयका अनुसार, राष्ट्रिय स्तरमा पोषण पखवाडाको शुभारम्भ ९ अप्रेल दिउँसो ३ देखि ४ बजीसम्म यहाँ विज्ञान भवनमा हुनेछ। कार्यक्रम केन्द्रिय मन्त्री अन्नपूर्णा देवीले नेतृत्व गर्नेछिन्। उनीसँगै राज्य मन्त्री सवित्री ठाकुर र सचिव अनिल मलिक पनि उपस्थित रहनेछन्।

कार्यक्रमबारे जानकारी दिँदै महिला तथा बाल विकास मन्त्री अन्नपूर्णा देवीले एक्स पोस्टमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा मिशन पोषण २.० अन्तर्गत यो पखवाडा आयोजना गरिँदै आएको बताएकी छन्। उनले ९ देखि २३ अप्रेलसम्म देशभरमा ८औं पोषण पखवाडा २०२६ मनाइने जानकारी दिँदै यस वर्षको थिम “जीवनका पहिलो छ वर्षमा मस्तिष्कको विकासलाई अधिकतम बनाउनु” रहेको र यसले बालबालिकाको उज्ज्वल भविष्यका लागि बलियो आधार तयार पार्ने बताइन्।

पखवाडा अवधि देशभरका आंगनवाडी केन्द्रहरूमा आमाहरू, अभिभावक, परिवार तथा स्थानीय संस्थाहरूको सहभागितामा विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछन्। तीमध्ये पोषण पंचायत, जनचेतनामूलक कार्यक्रम, प्रारम्भिक उत्तेजना गतिविधि, खेलमार्फत शिक्षा तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने अभियानहरू समावेश छन्। उद्घाटन कार्यक्रममा राज्य र केन्द्र शासित प्रदेशहरूको उत्कृष्ट पहलहरू प्रदर्शन गरिनेछ। साथै आंगनवाडी कार्यकर्ताहरूको योगदानलाई पनि उजागर गरिनेछ। कार्यक्रमको प्रत्यक्ष प्रसारण एनआईसी वेबकास्ट प्लेटफर्म र मन्त्रालयको युट्युब च्यानलमार्फत गरिनेछ।

मन्त्रालयले जानकारी दिएको छ, छ वर्षको उमेरसम्म बालबालिकाको करिब ८५ प्रतिशत मस्तिष्क विकास भइसकेको हुन्छ। त्यसैले प्रारम्भिक १,००० दिन पोषण, हेरचाह र सिकाइका लागि अत्यन्त महत्वपूर्ण हुन्छन्। यस वर्षको अभियानमा मातृ तथा शिशु पोषण, स्तनपान र पूरक आहारमा विशेष जोड दिइनेछ। साथै ० देखि ३ वर्षसम्मका बालबालिकाका लागि संवेदनशील हेरचाह र प्रारम्भिक सिकाइ गतिविधिहरू प्रवर्द्धन गरिनेछ। ३ देखि ६ वर्षसम्मका बालबालिकाका लागि खेल आधारित शिक्षालाई प्रोत्साहन दिइनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande